Wednesday 13th May 2026

फ्रान्सलाई हराउदै अर्जेन्टिनाले जित्यो विश्वकप


अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ। आइतबार राति कतारको दोहास्थित लुसेल रंगशालामा अतिरिक्त समयसम्म २–२ को बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो।पेनाल्टीमा फ्रान्सका किङ्ग्स्ली कोम्यान र औरेलिन चोआमेनी गोल गर्न चुक्दा अर्जेन्टिना विजयी भयो।कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो। मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

ओसुमाने डेम्बेलेले एन्जल डी मारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।एन्जल डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो। अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका थिए।

फ्रेन्च डिफेन्डर थिओ हर्नान्डेजको गल्तीमा अर्जेन्टिनाले १७औं मिनेटमा सुन्दर मौका पाएको थियो। तर, एन्जल डी मारियाले गरेको प्रहार आकासिएको थियो।

पहिलो हाफमा बल सम्हालिन नसक्दा २–० ले पछाडि परेको फ्रान्सले दोस्रो हाफमा नाटकीय पुनरागमन गरेको थियो। कोलो मुआनीलाई अर्जेन्टाइन डिफेन्डर निकोलस ओटामेन्डीले फाउनल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै किलियान एम्बाप्पेले एक गोल फर्काएका थिए। त्यसको एक मिनेट नबित्दै एम्बाप्पेले पुनः गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

अतिरिक्त समयमा मेसीले एक गोल गर्दै अर्जेन्टिनालाई जित नजिक पुर्याएका थिए। तर फ्रान्सले पुन पेनाल्टी पाएपछि एम्बाप्पले फेरि बराबरीमा पुर्याएका थिए।

सन् १९७८ मा पहिलो पटक विश्वकप विजेता बनेको अर्जेन्टिनाको यो तेस्रो उपाधि हो। यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा अर्जेन्टिनाले दोस्रो तथा पछिल्लो पटक विश्वकप जितेको थियो। सन् २०१४ मा अर्जेन्टिनाई फाइनलसम्म पुर्याएर पराजित भएका मेसी अन्ततः विश्वकप जिताउन सफल भएका छन्।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...