Sunday 20th September 2026

आम चुनाव : ९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा


निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । चुनावको सुरक्षा तयारी जानकारी गराउन गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको जानकारी गराइयो ।

मतदान नजिकिँदै गर्दा चुनाव बहिष्कार गरेका विप्लव नेकपासहितबाट हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यान दिँदै सरकारले सतर्कता बढाएको हो ।मतदानस्थललाई संवेदनशील, अतिसंवेदनशील मानेर वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाइएको गृहले जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत गृहसचिव विनोदप्रकाश सिंहले साना हतियारको दुरुपयोग गरेर जोखिम उत्पन्न हुनसक्ने भएकाले जिल्ला प्रशासनमार्फत हातहतियार लिएको बताए ।

निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउनका लागि प्रजिअको अधिकार प्रत्यायोजन गरेर सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको बताए । उनीहरूले मौन अवधिमा आचारसंहिताको विषयलाई समेत अनुगमन गर्ने बताए ।उनले निर्वाचनको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको जानकारी दिए ।

-नेपाल प्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...