Tuesday 6th October 2026

कुवेतमा होम डेलिभरी गर्नेका लागि अक्टोबरबाट नयाँ नियम, नियम नमाने लाइसेन्स खारेज गरिने


कुवेत-कुवेतको गृहमन्त्रालयले कुवेतमा होम डेलिभरी कम्पनीहरूको लागि ४ वटा नयाँ नियम लागू गर्ने भएको छ । कुवेतका होम डेलिभरी कम्पनीहरु तथा होम डेलिभरी गर्ने सवारी चालकहरुले निम्न मापदण्डहरू पालना गर्नु पर्ने भएको छ ।

१. अर्डर दिने सवारी साधनका चालकले खाद्य प्राधिकरणले जारी गरेको स्वास्थ्य प्रमाणपत्र(बलदिया कार्ड) अनिवार्य बोक्नुपर्ने ।
२. गाडी वा मोटरसाइकलमा कम्पनीको स्टिकर लगाउनु पर्ने ।
३. चालकको भिसा होम डेलिभरीमा काम गरिरहेको कम्पनीकै हुनु पर्ने ।
४. सवारी साधन/मोटरसाइकल चालकले युनिफर्म(पोशाक) लगाउनु पर्ने ।

यि नियमहरु १ अक्टोबर २०२२ देखि लागू हुनेछ। नियम अनी सर्तहरू उल्लङ्घन गरे उक्त सवारी चालकको सवारी चालक पत्र (लाइसेन्स) खारेज गरिने अरबटाइम्सले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...