नाँच्न जानु पर्यो रे । कुर्था र फरियाले गन्थन सुरु गरे । नाँच्न त पर्यो,पर्यो,”फरियाको मक्ख पर्दै जवाफ आयो।”तीजको समय छ,पालो फरियाकै हो।हो, हो तिम्रै हो ।म त आराम गर्ने हो भन्दै कुर्था मस्कियो ।
कोठामा चलेको बहस मालिक्नी पसेपछि मौन भयो। मालिक्नीले सबै फरिया एक/एक गरी हेरिन् । सबै फरियाहरु यसपाली तीजमा आफ्नै पालो आउला भन्ने आशामा थिए । फरियाहरु पालै संग मालिक्नीको शरीरमा बेरिए। सिसामा देखिए। सिसामा हेरिरहेकी मालिक्नी अचानक पल्टिन ।
हस्पिटलमा सुतेकी मालिक्नीको शरीरमा कुर्था थियो । फरियाहरुको सन्देश आयो,
“कुर्था मालिक्नीको ख्याल राख है । तीज त फेरि पनि आउँछ।”
तानसेन पाल्पा