Sunday 27th September 2026

कुवेतमा उदयपुरका दुर्गा बहादुर खड्का सम्पर्कबिहीन


तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन  छन । पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८ अप्रिलबाट उनी सम्पर्क बिहिन भएको सितल ठाकुरले जानकारी दिएका छन । खड्काले ३ महिना बित्दा समेत  परिवार, ईस्टमित्र आफन्त कसैलाई पनि सम्पर्क गरेका छैनन् ।

दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएको र खोजीको लागि दुतावासलाई जानकारी आए देखि निरन्तर पहल गरेको भए पनि उनको बारेमा अहिलसम्म केहि खुल्न नसकेको नेपाली दुतावास कुवेतले जनाएको छ ।
गत अप्रिलमा रोयल ओभरसिज मार्फत कुवेत आएका दुर्गा बहादुर खड्का सम्पर्क बिहिन भएपछी परिवार चिन्तामा परेका छन । खड्कालाई सम्पर्कमा आउँन आग्रह गर्दै कुवेतमा कार्यरत दाजुभाई दीदीबहिनीहरुले कहिँ कतै देखेमा वा उनको अबस्थाको बारेमा जानकारी भएमा कुवेतमा शितल ठाकुर-६९०३६४०९ र नेपालमा गुरु बहादुर खड्का ९८१५०५३००८ र सुबास खड्का ९८५१०९११९ सम्पर्क गरिदिनु हुन् शितल ठाकुरले आग्रह गरेका छन ।आखिर के कारण उनी सम्पर्क बिहिन भए ३ महिना बित्दा समेत अझै केहि खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...