Thursday 14th May 2026

अनेसास कुवेत च्याप्टरले २०९ औं भानु जयन्ती तथा रचन वाचन कार्यक्रम सम्पन्न गर्यो


तीतोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्यापटरले २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम यहि १५ जुलाइ २०२२ का दिन सम्पन्न गरेको छ ।

कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टको सभाकक्षमा अनेसास कुवेत च्याप्टरका अध्यक्ष प्रविण आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा एनआरएनए ुकवेतका अध्यक्ष रण ध्वज लामाको विशेष आतिथ्यता एवं पत्रकार, विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधि, विज्ञापन प्रदायक अलमुल्ला एक्सचेन्जका प्रतिनिधि साथै भाषा साहित्यलाइ माया गर्ने साहित्य सर्जक, साहित्य अनुरागी र साहित्य प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि राजदूत भण्डारीले भानुभक्तले आदिकवि भानुभक्त आचार्यले तत्कालिन समयमा जम्मा १५ प्रतिशत मात्र मानिसको पहुँचमा रहेको संस्कृत भाषाको रामायण सम्पुणर् नेपालीमाझ पुर्याउन नेपालीकरण गरेर भाषा साहित्यको विकासमा नया युगको शुरूवात गरेको जनाउँदै अमुर्त कोही पनि नहुने हुँदा हरेक मानिसले आफ्नो जीवनकालमा व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक हितको कार्य गरि कीर्ति राख्नु पर्ने बताउनुभयो । स्वदेश तथा विदेशमा नेपाली भाषा साहित्यको जगेर्नाको लागि सबैले लाग्नु पर्ने बताउँदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले साहित्य र साहित्यकारहरूको स्मरण गर्ने कार्य गरेकोमा खुशी व्यक्त गर्दै समाजिक योगदानका हरेक कार्यहरूमा दूतावासको सदा साथ सहयोग रहेने बताउनु भयो ।

त्यसै गरि विशेष अतिथि एनआरएनए अध्यक्ष लामाले अनेसास कुवेतले भाषा साहित्यको संरक्षणमा चालेका कदमहरूको सराहना गर्दै यदि संस्थाले कुनै भाषा साहित्यको क्षेत्रमा कार्य गर्दै कुनै स्मारिका वा पुस्तक प्रकाशन गरेमा संस्थागत तथा व्यक्तिगत तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको उक्त कार्यक्रममा जन सम्पर्क समितिका सभापनि राजेन्द्र विरहीले रामायण वाचन गरेका थिए साथै संघ संस्थाका पदाधिकारी प्रतिनिधि तथा मिडियाकर्मी व्यक्ति व्यक्तित्वले शुभकामना मन्तव्य दिएका थिए भने दर्जन बढि साहित्य सर्जकहरूले विभिन्न रचना (गीत, कविता, गजल) वाचन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष आचार्यले कार्यक्रम सफल बनाउनु प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा प्रमुख अतिथि, विशेष अतिथि, पत्रकार, विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरू एवं सबै साहित्यिक मनहरू प्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...