Thursday 21st August 2025

राष्ट्रप्रेमी बस्याल द्रारा “एक घर एक लालीगुराँस “अभियान


पाल्पा – बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याले “राष्ट्रप्रेमी”ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन ।

बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बताए । उनले आफ्नो घरमा श्री सिद्दबाबा मन्दिर बराङ्दी घिउसिबास, श्री महामृत्युञ्जय शिवासन धाम, बराङ्दी आयुर्बेद औषधालय, श्री बेद माध्यमिक बिद्यालय, कालीगण्डकी बोर्डिङ, बराङ्दीको वडा कार्यलय र बेलौतिखरक टोल भरि लाली गुराँस लगाएर अभियानको सुरुवात गरेका छन।

वडामा निवेदन दिदैँ बस्यालले वडा कार्यलय अगाडि लगाएको लालीगुराँसले जनप्रतिनिधि ,कर्मचारीहरुलाई यो अभियानलाई अगाडि बढाउन ध्यानाकर्षण हुने बताए।

यो अभियान अत्यन्तै राम्रो भएको र यस्ता अभियानले गाउँ समाजको बिकास हुने बराङ्दी ८ का वडा सदस्य कृष्ण बस्याल बताउछँन ।

श्री सिद्दबाबा मन्दिरका पुजारी हुमराज गैरे , शिवासन धामका महासचिव कृष्ण बस्याल, धामका पुजारी लालप्रसाद पन्थी , बराङ्दी आयुर्बेद औषधालय प्रमुख सिर्जना के. सी ,बेद माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक ठानेश्वर भटराई , कालीगन्डकी बोर्डिक स्कुलका प्रध्यानाध्यापक गणेश बस्याल , बराङ्दी स्वास्थचौकीका स्वास्थकर्मी गोमबहादुर क्षेत्रीले अभियानलाई सफलताको शुभकामना दिदैँ यिनि कामले समाजको सकरात्मक परिवर्तन हुने र समाजलाई दिर्घकालीन फाईदा गर्ने भएकाले यि अभियान सफल बनाउन निरन्तर खट्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

बस्याल विभिन्न सामाजिक संघसस्थामा आबद्ध छन । उनी सामाजिक काममा सक्रिय देखिन्छन् । उनले दुई महिना अगाडि राष्ट्रप्रेमी गित बिमोचन गरेका थिए । उक्त गितमा उनी सामाजिक कार्यमा सक्रिय भएको भुमिकामा देखिएका थिए । काम नगर्ने, कुभलो सोच्ने र सामाजिक एकता भन्दा बाहिर काम गर्नेलाई ” हरामी” उपनाम दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

बेरुत: संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो मिसन विस्तार गर्ने बारेमा बहस सुरु गरेपछि लेबनानी राष्ट्रपति जोसेफ आउनले मंगलबार देशको दक्षिणमा…

गाजा: २२ महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासपछि हमासले गाजाको लागि नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको…

बगदाद: इराकी अधिकारीहरूले मोसुल शहर नजिकै दाइस समूहका हजारौं पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहानको उत्खनन सुरु गरेको परियोजना निर्देशकले…

प्रतिकृयाहरू
...