Tuesday 13th October 2026

मणिपुरले मनायो अन्तर्राष्ट्रिय योग दिवस


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यले आज आयौ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

प्राप्त समाचार अनुसार इम्फालको खुमन लंपाक मेन स्टेडियममा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले पनि भाग लिए । समारोहमा बोल्दै बिरेनले भने कि आज योग एउटा मानव जीवनको अभिन्न अंगको रूपमा मानिन्छ ।

उनले अगाडि थपे कि योगले मानवको स्वास्थ्य तंत्रको सुधार मात्र नगरेर मानसिक विकासमा पनि धेरै प्रकारको परिवर्तन ल्याउँछ ।

उनले अगाडि भने कि योगले मानिसको जीवनमा ठूलो भूमिका खेलेको हुन्छ । योग दिवसको अवसरमा योगाका विभिन्न आसनहरू पनि प्रस्तुत गरिएको थियो ।

स्मरण रहोस् आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा युनाइटेड नेशनले घोषणा गरेको थियो ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...