Saturday 5th July 2025

मणिपुरले मनायो अन्तर्राष्ट्रिय योग दिवस


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यले आज आयौ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

प्राप्त समाचार अनुसार इम्फालको खुमन लंपाक मेन स्टेडियममा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले पनि भाग लिए । समारोहमा बोल्दै बिरेनले भने कि आज योग एउटा मानव जीवनको अभिन्न अंगको रूपमा मानिन्छ ।

उनले अगाडि थपे कि योगले मानवको स्वास्थ्य तंत्रको सुधार मात्र नगरेर मानसिक विकासमा पनि धेरै प्रकारको परिवर्तन ल्याउँछ ।

उनले अगाडि भने कि योगले मानिसको जीवनमा ठूलो भूमिका खेलेको हुन्छ । योग दिवसको अवसरमा योगाका विभिन्न आसनहरू पनि प्रस्तुत गरिएको थियो ।

स्मरण रहोस् आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा युनाइटेड नेशनले घोषणा गरेको थियो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...