Monday 14th September 2026

पाकिस्तानमा गुडीरहेको रेलमा एक युवतीमाथि सामुहिक बलात्कार


पाकिस्तानमा गुडीरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।

रेलसेवाका प्रहरी अधिकारी फैजल शखरले मंगलबार यस घटनाबारे पत्रकारलाई जानकारी गराउने क्रममा बलात्कृत महिला दुई बच्चाकी आमा भएको बताए । शखरका अनुसार सोमबार घटनाबारे प्रहरीमा रिपोर्ट गरिएलगतै दुईजना शंकास्पद व्यक्ति पक्राउ परेको र अर्को तेस्रो व्यक्ति मंगलबार पक्राउ परेका छन् ।

घटना मुल्तानबाट कराँचीतर्फ जाँदै गरेको बहोद्दिन जाकारिया एक्सप्रेस रेलमा घटेको थियो । रेलको सुरक्षा तथा प्रशासन एक नीजि कम्पनीले सम्हाल्ने गरेको हातमा रहेको समाचारहरुमा उल्लेख छ । घटना बाहिरिएपछि समाजका विभिन्न तप्काले आक्रोश व्यक्त गरेका छन् । मानवअधिकार संगठन, मिडिया, अभियन्ता लगायत आमजनताले घटनामा संलग्नहरूलाई कडाभन्दा कडा सजाय दिन आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

जय आले, १३ सेप्टेम्बर २०२६, कुवेत - कुवेतमा पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा आगामी २० नोभेम्बर २०२६, शुक्रबार “प्रथम…

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

प्रतिकृयाहरू
...