स्रष्टा परिचय
नाम: गाेविन्द खनाल
जन्म मिति: २०२९/११/२०
जन्म स्थान:
बगनासकाली गाँउपालीका वडा नं २, पाेखराथाेक
अामा बुबाको नामः
टाेपराज खनाल ,मनकुमारी खनाल
शिक्षा; बि. ए. ,बि एड.( नेपाली )
प्रकाशित कृति : कविता संङग्रह
शीर्षक: अनुभूतिका प्रहरहरू , पृष्ठ संख्या : ८९
प्रकाशन वर्ष : २०७५
प्रकाशन : पाेखराथाेक साहित्य संगम,पाल्पा
पुरस्कार : हरिहर स्मृतिकाेष साहित्यिक सम्मान २०६८
श्री तिलाेत्मा कृषि सहकारी संस्था लि. पाेखराथाेक, संस्थापक अध्यक्ष सम्मान पत्र।
संघ संस्थामा संलग्नता
संस्थापक अध्यक्ष : श्री तिलाेत्तमा कृषि सहकारी संस्था लि. पाेखराथाेक पाल्पा ,मिति: २०६८
काेषाध्यक्ष: पाखराथाेक साहित्य संङ्गम पाल्पा
कार्यकारीणी सदस्य : लुम्बिनी वाङमय प्रतिष्ठान पाल्पा : २०७३ साल देखि हाल सम्म
अध्यक्ष : छतिवन खानेपानी उपभोक्ता समिति ,पाेखराथाेक वि. सं. २०६० देखि हाल सम्म
साहित्य बारे मेराे विचार : साहित्य र समाज अभिन्न अङ्ग हुन्।समाजलाई साहित्यले मार्ग दर्शन गर्न सक्नु पर्छ ।राज्यले पनि साहित्यकार प्रती सकारात्मक दृष्टिकोणका साथ उच्च सम्मान दिनु पर्छ अनिमात्र त्याे देशमा शान्ति र समृद्धि कायम हुन्छ ।साहित्य जीवनको अस्थित्व खाेज्ने एउटा महत्त्वपूर्ण बाटाे हाे ।
रचना
कविता
धन्य मेराे देश
नेताज्यूकाे अाश्वासन विदेशीकाे अनुदान
खाएर बाँचेकाे धन्य मेराे देश
गरिव जनताकाे नाममा
अाएकाे अनुदान
अनुदानलाई भाग बिलाे लगाउन
चारतारे हाेटेलमा हुन्छ मतदान
केवल गाेष्ठी र सेमिनारकाे नाममा
गरिवलाई राहतकाे नाममा
च्यामे सुन्तली र मंगली जस्ता
हजाराै निरक्षर प्राणीलाई चुनाैती दिदै
चारतारे हाेटेलमा अाधुनिक पकवानकाे साथमा
पुनःअनुदानकै अाशमा
केवल घाेषणा कै लागि घाेषणा
पूर्ण साक्षर घाेषणा भएकाे छ
धन्य मेराे देश !
सार्वजनिक शाैचालयकाे दुर्लवता कै कारण
खुल्ला अाकाश मुनि शाैंच गर्न बाध्य
जनतालाई चुनाैंती दिदै
खुल्ला दिशा मुक्त क्षेत्र घाेषणा
टांगिएकाे बाेडकै ठीक मुनी
मनुष्यकै विष्टा लथालिङ्ग देख्न
बाध्य छ धन्य मेराे देश !
फाेहाेर डङ्घुरकाे ह्वास्स बासना
ब्यस्त सडकमा नाकै छापेर हिड्नु
मेरो रहर नभै बाध्यता भएकाे छ
तर पनि अाज
पूर्ण सरसफाइ घाेषणा भएकाे छ
धन्य मेराे देश !
नाङ्गाे दरिद्रतालाई छिपाइ
अनुदानमा बाँचेकाे छ मेराे देश
पुनःअनुदानकै लागि घाेषणा
अनि घाेषणा कै लागि घाेषणा
अाहारा कै खाेजीमा टाडा टाडा पुगेर
सांझ बास मात्र बस्ने बटुवा झै
बचेरा बचेरी ,बुढाबुढीलाई अाहाराकाे जाेहाे गर्न
मुटु जस्ता छाेरा छाेरीलाई
प्रदेशी बनाउने धन्य मेराे देश !
अस्मिता नै जाेखिममा पारेर
गासबासकाे खाेजिमा भाैतारिन्छन् युवाहरू
सत्ताकाे मातले मात्तिएका देशका बाहकहरू
सधै भागबन्डाकाे राजनीतिमा लुछाचुडी गर्दा
वर्तमान र भविष्य नै अन्धकार देख्छन् र भन्छन्
जुन जाेगी अाए पनि कानै चिरेकाे
त्यसैले त हामीहरू
अन्धाधुन्ध चलाएकाे ढुङ्गामा सवार
यात्रुहरू जस्तै गन्तब्यहीन यात्रामा
अाँखामा पट्टी बाँधेर दाैडिरहका छाैं
केवल दाैडिरहेका छाैं
धन्य मेराे देश !
धन्य मेराे देश !!!