Sunday 20th September 2026

काठमाडौंको मेयर र उपमेहरका लागि विवेकशील साझाबाट उम्मेदवार चयन


स्थानीय निर्बाचन नजिकिदै संगै नेपालका राजनीतिक दलहरुले उम्मेदवार चयन गर्ने क्रममा जारी रहेको छ। यसै मेसोमा विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उम्मेदवार टुंग्याएको छ। मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उठाउने पार्टीले निर्णय गरेको प्रवक्ता शरदराज पाठकले बताए।आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेकी बास्कोटालाई मेयरमा र केन्द्रीय सदस्य तुलाधरलाई उपमेयरमा उठाउने निर्णय गरेको हो ।

३८ वर्षकी बास्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छन्। उनी ०७४ मा काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट प्रदेश सभा उम्मेदवार थिइन्। उनले त्यसबेला तेस्रो स्थानको मत ल्याएकी थिइन्। तुलाधर जेसिजको पूर्वराष्ट्रिय अध्यक्ष हुन्। ६२ वर्षकी उनले शिक्षामा उनले स्नातकोत्तर गरेकी छन्। चुनावी अभियानको नेतृत्व भने केन्द्रीय सदस्य अनुपा श्रेष्ठले गर्ने विवेकशील साझाले बताएको छ।

 


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...