Friday 26th April 2024

धनकुटा सेवा समाज कुवेतको आयोजनामा फुटबल प्रतियोगिता हुदै


तितोपाटी-धनकुटा सेवा समाज कुबेतले आउँदो शुक्रबार फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अप्रिल १ तारिख शुक्रबार अन्तर  नेपाली फुटबल प्रतियोगिता  फाहाहिल स्थित सुक सबा फुटबल मैदानमा सञ्चालन हुने समाजले जानकारी गराएको छ  । कुवेतमा फुटबल खेलमा  क्रियाशील रहदै  बिभिन्न ९ वटा फुटबल टीमले प्रतियोगितामा भाग लिने भएका छन । ‘ग्रुप A’  मा पूर्वेली टाईगर, नुवाकोट डीआरएसएस, एमएनओ, जिएफसी र सरोकार समाज भिड्ने छन भने ‘ग्रुप B’ मा  एफसी फर्वानिया, नेपाल तामाङ्ग घेदुंग, XI स्टार मंगाफ, धनकुटा समाजले प्रतिस्पर्धा गर्ने छन।

बिहान ठिक ८ बजेबाट शुरु हुने फुटबल प्रतियोगितामा प्रतिस्पर्धी टीमहरुको खेल तालिका पनि आयोजकले सार्वजनिक गरिसकेको  छ । कुवेतमा कार्यरत  खेल प्रेमी नेपाली  दाजुभाई दिदी बहिनी सबैमा  उपस्थित भई खेल हेरी भरपूर्ण  आनन्द  लिन आयोजकले अनुरोध समेत गरेको छ ।

फुटबल प्रतियोगिता सम्बन्धि खेल तालिका यस प्रकार रहेको छ 

May be an image of text that says 'Dhankuta Social Service Family Kuwait One-Day Football Tournament Tie-Sheet. Group-A Purbeli Tiger FC Group-B 08:00AM Farwaniya Nuwakot D.R S.S 09:00AM Q-Final 12:00PM Nepal Tamang MNO FINAL 04:00PM Semi-Final 02:00PM 01:00PM Semi-Final GFC 10:00:AM N.K. Sarokar S.S 11:00AM Organizer By: Dhankuta Social Service Family Kuwait Venue: Souk Sabah Football Stadium, Fahaheel Date: April 2022, Start ime: 08:00am'


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...