Tuesday 17th March 2026

एनआरएनएको अध्यक्षमा ३ जनाको नाम घोषणा, महासचिव पनि २ जना


गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रवीना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् ।

अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले सहमतिमै एनआरएनएको नेतृत्वसहित पदाधिकारीको घोषणा गरेको हो । लामो समयदेखि जारी एनआरएनएको विवाद समाधानका लागि विधान नै संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको हो । शनिबारदेखि सुरु भइ आज सम्पन्न विश्व सम्मेलनलाई एकताको महाधिवेशन भनिएको छ । तर, पूर्वअध्यक्ष शेष घले नेतृत्वमा पनि एनआरएनए अस्तित्वमा रहेको छ । घले समूहले यसअघि नै काठमाडौंमा विश्व सम्मेलन गरेर विनोद कुँवरलाई अध्यक्ष बनाएको छ ।

यस्तै उपाध्यक्ष ११ जना बनेका छन् । जसमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम चयन भएका छन् । यस्तै युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् । यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन् । जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन्।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...