Tuesday 17th March 2026

एनआरएनए दसाैं महाधिवेशनको लागि उम्मेदवारी दर्ता, संस्था विभाजनको संघारमा


विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको आगामी मार्च २४ र २५ तारिखमा हुने दसाैं महाधिवेशनको निर्वाचनको लागि हिजो उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिले तोकेको ५ बजे सम्मको समयमा अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाको उम्मेदवारी परेको छ । यस हिसाबले अध्यक्ष पदको लागि केसी र थापा बिच निर्वाचन हुने भएको छ । त्यस्तै उपाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारहरूको नामावली यस प्रकार रहेको छः

अध्यक्ष – बद्री केसी, रविना थापा
उपाध्यक्ष – डा हेमराज शर्मा, आरके शर्मा, डीबी क्षेत्री, धर्मराज अधिकारी, टंक गैरे

महिला उपाध्यक्ष- यास्मिन बेगम

युवा उपाध्यक्ष – रोशन थापा

महासचिव – गौरी आर जोशी, विनय अधिकारी

सचिव – रामशरण सिमखडा, ओम गुरुङ, चिरञ्जीवी घिमिरे, अभिमानसिंह बस्नेत, शंकर खड्का

महिला सचिव – टिका गुरुङ

कोषाध्यक्ष – लोक दाहाल, फनिन्द्र पन्त

सहकोषाध्यक्ष – यग्र सुवेदी

सहकोषाध्यक्ष – यमुना भट्टराई

युवा संयोजक – रवीन्द्र खड्का

महिला संयोजक – संगीता मरहट्टा

अमेरिका क्षेत्रीय संयोजक – प्रकाश सापकोटा
उपक्षेत्रीय संयोजक – अभिमञ्जु बस्नेत
उपक्षेत्रीय संयोजक – पुरुषोत्तम बोहरा
महिला संयोजक – तृष्णा शर्मा
उपमहिला संयोजक – इन्दिरा त्रिपाठी
युवा संयोजक – स्वरस खाती
उपयुवा संयोजक – ईश्वर खत्री

अफ्रिका क्षेत्रीय संयोजक – राजकुमार थापा
उपक्षेत्रीय संयोजक – आरपी पन्त
उपक्षेत्रीय संयोजक –
महिला संयोजक – केशना लिम्बु
उपमहिला संयोजक –
युवा संयोजक –
उपयुवा संयोजक –

एसिया प्यासिफिक क्षेत्रीय संयोजक – पारस पोखरेल
उपक्षेत्रीय संयोजक – नवीन बिके
उपक्षेत्रीय संयोजक – डडैवाल खड्का
उपक्षेत्रीय संयोजक – हरि भट्टराई
महिला संयोजक – शान्ति अधिकारी
उपमहिला संयोजक – इन्दिरा तिवारी
युवा संयोजक – दीपक कँडेल
उपयुवा संयोजक

युरोप क्षेत्रीय संयोजक – सन्तोष भट्टराई
उपक्षेत्रीय संयोजक- चित्रा सुवेदी
उपक्षेत्रीय संयोजक – नवराज रोजियारा
उपक्षेत्रीय संयोजक – सागर सुवेदी
उपक्षेत्रीय संयोजक – ललित न्यौपाने
महिला संयोजक – पार्वती मल्ल
उपमहिला संयोजक – नुनिता सापकोटा
युवा संयोजक – किरण गुरुङ
उपयुवा संयोजक – रोबर्ट लिम्बु

मध्यपूर्व क्षेत्रीय संयोजक – जोन अर्याल
उपक्षेत्रीय संयोजक – अमित चाम्लिङ
उपक्षेत्रीय संयोजक – लालबहादुर पुन
महिला संयोजक –
उपमहिला संयोजक –
युवा संयोजक –
उपयुवा संयोजक –

ओशिनिया क्षेत्रीय संयोजक – लाल केसी
क्षेत्रीय संयोजक – दिनेश जोशी
क्षेत्रीय संयोजक – दिपक शर्मा
उपक्षेत्रीय संयोजक – ओली
उपक्षेत्रीय संयोजक – अशोक केसी
महिला संयोजक – उषाकिरण बानियाँ
उपमहिला संयोजक
युवा संयोजक – प्रदीप रुपाखेती
उपयुवा संयोजक –

उपरोक्त उम्मेदवारी परेकोमा उता हिजो नै संरक्षक परिषदले भने निर्वाचन समिति पुनर्गठन र महाधिवेशन आयोजक समिति गठन गरेको छ । यसले गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजनको संघारमा पुगेको देखिएको छ । सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था अन्ततः विभाजित हुने स्थितिमा पुगेको हो ।

विशेषगरी चुनावको मुखमा काँग्रेस र एमाले गरी एनआरएनएका अभियन्ताहरु कित्ताकाट हुँदा विवाद चर्किँदै विभाजनको अवस्था निम्तिएको हो । एमाले निकटका अध्यक्ष कुमार पन्त र उनको समूह तथा अध्यक्षका प्रत्यासी कुल आचार्य बीचको बढ्दो अन्तरद्वन्द्वले करिब २० वर्षे इतिहास बोकेको संस्था धर्मराएको अबस्थामा पुगेको हो । उपरोक्त उम्मेदवारी हेर्दा पनि संस्थापन पक्षबाट मात्र उम्मेदवारी पर्नु र संरक्षक परीषद बिच तालमेल नहुनुले पनि विभाजनको रेखा देखाएको हो ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...