Tuesday 24th March 2026

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य


तीतोपाटी डटकम-भिजिट भिसामा विदेशमा जान कम्तिमा पनि वर्षको दश लाख आम्दानी हुनुपर्ने प्रावधान अगाडि सारिएको छ। भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले कम्तिमा पनि दश लाख आम्दानी हुनुपर्ने प्रावधान प्रतिवेदनमा उल्लेख गरेको छ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउने बताए। प्रतिवेदनमा आम्दानी सँगसँगै कम्तिमा ५ लाख नगद मौजदात हुनुपर्ने प्रावधानसमेत राखिएको छ। यसले न्युन आय भएका नेपालीहरु भिजिट भिसामा विदेश जानबाट वञ्चित हुने देखिन्छ।

‘वार्षिक न्युनतम १० लाख रुपैँया कर आय भइ कम्तिमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरु,’ प्रतिवेदनमा भनिएको छ।

भिजिट भिसामा कडा शर्त: पूर्वस्वीकृति अनिवार्य, फर्किने सुनिश्चितता, अंग्रेजीमा दख्खल
त्यस्तै कागजात सामान्यरुपमा शंकास्पद देखिएको तर फर्जी हो भन्ने यकिन गर्न नसक्ने भएका यात्रुलाई प्रस्थान अनुमति दिई छानबिनका लागि कागजान विभागमा पठाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। अस्पताल वा शिक्षण संस्थाको कार्यक्रमको अनुभव आदानप्रदान वा ट्राभल एजन्सीले प्रस्थान हुनुअघि अध्यागमन विभागमा लिखित अनुरोध गरी फर्काउने कब्बुलियतनामा गरी सम्बन्धित निकायले जिम्मेवारी लिने भएमा टुर प्याकेज, शैक्षिक भ्रमण कार्यक्रम अथवा यस्तै प्रकृतिको अन्य कार्यक्रमको सन्दर्धमा विभागको निर्णयअनुसार हुने प्रतिवेदनमा भनिएको छ।

साभार-अन्नपूर्णबाट


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...