Saturday 17th January 2026

एनआरएनले एक हजार डलरमै नेपालमा बैंक खाता खोल्न पाउने


गैरआवासी नेपालीहरु(एनआरएन)ले अब एक हजार डलरमै नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न सक्ने भएका छन् । यस अघि डलर खाता खोल्नका लागि कम्तिमा ५ हजार डलर वा सो बराबरको रकम चाहिने व्यवस्था थियो ।बुधबार राष्ट्र बैंकले बैंकहरुका लागि परिपत्र जारी गर्दै एक हजार डलर वा सो बराबरको विदेशी मुद्रामा डलर खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।

विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक बनेका बेला गरिएको यो व्यवस्थाले देशको अर्थतन्त्र र गैरआवासीय नेपालीहरु दुवैलाई फाइदा हुने विश्वास राष्ट्र बैंकको छ । यसले तत्कालका लागि मात्रै नभएर दीर्घकालिन रुपमा पनि सकारात्मक असर पर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल बताउँछन् । यसले मुलुकको अर्थतन्त्र र गैरआवासीय नेपालीहरुलाई समेत फाइदा पुग्ने कार्यकारी निर्देशक पौडेलले बताउँछन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले विदेशी मुद्रामा खोलिने खातालाई केही सहजता प्रदान गर्ने नीति बनाएको थियो । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...