Wednesday 25th February 2026

एनआरएनले एक हजार डलरमै नेपालमा बैंक खाता खोल्न पाउने


गैरआवासी नेपालीहरु(एनआरएन)ले अब एक हजार डलरमै नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न सक्ने भएका छन् । यस अघि डलर खाता खोल्नका लागि कम्तिमा ५ हजार डलर वा सो बराबरको रकम चाहिने व्यवस्था थियो ।बुधबार राष्ट्र बैंकले बैंकहरुका लागि परिपत्र जारी गर्दै एक हजार डलर वा सो बराबरको विदेशी मुद्रामा डलर खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।

विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक बनेका बेला गरिएको यो व्यवस्थाले देशको अर्थतन्त्र र गैरआवासीय नेपालीहरु दुवैलाई फाइदा हुने विश्वास राष्ट्र बैंकको छ । यसले तत्कालका लागि मात्रै नभएर दीर्घकालिन रुपमा पनि सकारात्मक असर पर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल बताउँछन् । यसले मुलुकको अर्थतन्त्र र गैरआवासीय नेपालीहरुलाई समेत फाइदा पुग्ने कार्यकारी निर्देशक पौडेलले बताउँछन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले विदेशी मुद्रामा खोलिने खातालाई केही सहजता प्रदान गर्ने नीति बनाएको थियो । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...