Thursday 2nd May 2024

बतासको पक्षमा आएन अदालतको अन्तरिम आदेश


तीतोपाटी डटकम-उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशालामा रोक लगाउने स्थिति नदेखिएको ठहर गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले बतास समूहलाई धर्मशाला सञ्चालनमा रोक लगाउने अवस्था नदेखिएको व्याख्या गरेको हो ।
‘सम्झौता अनुसारको काम भए नभएको जाँचबुझ गर्न समिति गठन भएपनि सम्झौता बमोजिमको काम गर्न कुनै किसिमको रोक वा प्रतिबन्ध लगाउने अवस्था नरहेको देखियो,’ अदालतले भनेको छ, ‘कानून बमोजिम गर्नुहोला ।’

यस्तै, सम्झौताअनुसार धर्मशाला सञ्चालन गर्न पशुपति क्षेत्र विकास कोषबाट कुनै अवरोध नभएको र सम्झौता रद्द गर्ने कुनै निर्णय नभइसकेकाले होटल आनन्दले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको समेत व्याख्या गरेको रातोपाटी डटकमले उल्लेख गरेको छ ।


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...