Thursday 17th September 2026

तनहुँको बन्दीपुरमा जीप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु, ८ घाइते


तनहुँको बन्दीपुरमा शुक्रबार साँझ जिप पल्टिँदा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। बाफेबाट धरमपानीतर्फ जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जिप बन्दीपुर गाउँपालिका– ६ हटियाको सडकमा अनियन्त्रित भइ भीरबाट तल खसेको हो

दुर्घटनामा चारजनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा बन्दिपुर ६ धरमपानी बस्ने ९ महिने शिसु आरुबी थापासहित सोही ठाउँका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने छन्।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको, रातिको समयमा दुर्घटना भएकोले उद्धार गर्न केही समस्या भए पनि घाइतेहरूलाई उद्धार गरी तत्कालै बन्दीपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...