Saturday 5th July 2025

भिजिट भिषामा मानव तस्करी गर्ने कोमल प्याकुरेल दुबईमा पक्राउ


तीतोपाटी डटकम-भिजिट भिषाको आवरणमा दुबईमा मानव तस्करी गरेको अभियोगमा दुबई प्रहरीले त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीका मालिक कोमलराज प्याकुरेललाई पक्राउ गरेको छ । उनलाई गैरआवासिय नेपाली संघ युएईको सहयोगको आधारमा पक्राउ गरेको हो ।

प्याकुरेलले नेपालबाट भिजिट भिषामा ८० जनाभन्दा बढी नेपाली सेनाका जवानहरुलाई आकर्षक तलब दिन्छु भन्दै प्रलोभनमा पारेर दुबई पुर्याएका थिए ।

उनको स्वामित्व रहेको उक्त कम्पनिले दुबईमा एउटा क्याम्पमा सयौँ नेपालीहरुलाई विचल्ली बनाएर राखेको विषयमा पहिलो पटक दियोपोस्ट डटकमले खुलाशा गरेको थियो ।

खबर प्रकाशित भएपछि दुबईबाटै प्याकुरेलले दियोपोस्टका अध्यक्ष तथा प्रधानसम्पादक सुदीप विश्वकर्मालाई टेलिफोनबाट नेपाल प्रहरीको डिआइजी लगाएर पक्राउ गर्ने धम्की दिएका थिए । त्यति मात्रै होइन उनी नेपालमै आएर समाचारको स्रोत र पीडितको पहिचान खुलाउन विश्वकर्मालाई दबाव दिएका थिए ।

दिया मिडियाबाट


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...