Monday 18th May 2026

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन


तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले उक्त जिम्मेवारी पाएका हुन्  । कांग्रेसमा  लामो समयको रक्सारक्सिबाट आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूसहितको बैठकले सर्वसम्मतिका आधारमा आङ्देम्बेलाई दलको  नेता चयन गरेको निर्वाचन समितिका प्रमुख तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

देउवा समुहका  ट्याग पाएका   पाचथरका ६१ वर्षीय आङ्देम्बे निवर्तमान सहमहामन्त्री हुन्। सभापति गगन थापाले आङ्देम्बेलाई संसदीय दल नेताको प्रमाण पत्र हस्तान्तरण गरेका छन्।

प्रतिनिधि सभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद छन् । ३८ जनामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा १५, डा. शेखर कोइराला पक्षका ७ र  विशेष महाधिवेशनबाट आएको र अहिले सर्वोच्चले आधिकारिकता दिएको गगन नेतृत्वको  कार्यसमितिको पक्षका १६ जना छन्।

आङ्देम्बे १४ औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा प्यानलबाट आदिवासी जनजाती कोटामा सहमहामन्त्री जितेका थिए । त्यसले देउवा पक्षको अहिले सांसद हुने सबैभन्दा सिनियर नेता पनि आङ्देम्बे नै हुन्।

गत शुक्रबारका लागि तय गरिएको दलको नेताको निर्वाचन अन्तिम समयमा आएर सभापति थापाले रोकेका थिए।  सहमतिका लागि भन्दै उपसभापति शर्माको नेतृत्वमा ७ सदस्यीय समिति बनाएका थिए । त्यो समितिले आकांक्षीहरूसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरेको थियो । त्यसपछि सबै पक्षको विश्लेषण गर्दा निर्वाचन भए पनि आङ्देम्बे निर्वाचित हुने देखियो । यो सँगै आङ्देम्बे २०६४ साल भएको पहिलो संविधान सभा निर्वाचनपछि सर्वसम्मत हुन नसकेको दलको नेतामा सर्वसम्मत चयन हुन सफल भएका छन्।

सम्बन्धित शीर्षकहरु

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

प्रतिकृयाहरू
...