Wednesday 30th September 2026

स्थानीय तहका उम्मेदवार छनोट गर्ने खाका तयार पार्न रास्वपाले बनायो समिति


तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि उम्मेदवार छनोटको रूपरेखा तयार पार्ने भएको छ। संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि तयार पारेको उम्मेदवार छनोटको रुपरेखा लागू गर्न सकेको थिएन।
गत वैशाख ७ गते बसेको केन्द्रीय समितिले बिपिन आचार्यकै नेतृत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति गठन गरेको छ। जसमा रामकुमार ढुंगाना सचिव छन्। प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा, केपी खनाल सदस्य छन्। त्यस्तै कामिनी चौधरी, रामकृष्ण भट्टराई, डिल्लिश्वोर कमार्की (रोहन) यसको सदस्य छन्।
हेर्नुहोस बिज्ञप्ती


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...