Wednesday 21st October 2026

स्थानीय तहका उम्मेदवार छनोट गर्ने खाका तयार पार्न रास्वपाले बनायो समिति


तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि उम्मेदवार छनोटको रूपरेखा तयार पार्ने भएको छ। संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि तयार पारेको उम्मेदवार छनोटको रुपरेखा लागू गर्न सकेको थिएन।
गत वैशाख ७ गते बसेको केन्द्रीय समितिले बिपिन आचार्यकै नेतृत्वमा ७ सदस्यीय स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति गठन गरेको छ। जसमा रामकुमार ढुंगाना सचिव छन्। प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा, केपी खनाल सदस्य छन्। त्यस्तै कामिनी चौधरी, रामकृष्ण भट्टराई, डिल्लिश्वोर कमार्की (रोहन) यसको सदस्य छन्।
हेर्नुहोस बिज्ञप्ती


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...