Thursday 25th April 2024

नगरकोटमा हस्पिटालिटि (आतिथ्य सत्कार)सम्बन्धी एक दिने तालिम सम्पन्न


नगरकोटको साङ्रिला होटलमा हस्पिटालिटि (आतिथ्य सत्कार)सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। भक्तपुर पार्टी प्यालेस एन्ड क्याटरिङग एसोसियसनका सदस्यहरु सम्मेलित सो तालिम हस्पिटालिटि गाइडले सम्पुर्ण तालिम दिने जिम्मा लिएको थियो।

हस्पिटालिटि गाइडको समन्वयनमा सम्पन्न भएको सो कार्यक्रममा तालिम दिनेहरुमा म्यारिएट ब्रान्डका क्ल्स्टरलर्निङ्ग एन्ड डेभलेपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठले सम्पुर्ण भक्तपुरका पार्टी प्यालेस र क्याटरिङगका सदस्यहरुलाइ निकै रोचक तरिकाले उपयोगी लाइभ स्किल म्यानेजमेन्टको तालिम दिनु भएको थियो भने दि सोल्टी होटल काठमान्डैका सुसेफ आरबि बुढाथोकीले ह्यास्याप सम्बन्धि सेसन लिनु भएको थियो। हस्पिटालिटि गाइडका डाइरेक्टर बिकास डङ्गोलले हाइजिन सम्बधि तालिम दिनु भएको थियो।

आइ एच एम कलेज लगनखेलका सीइओ सुरच प्रसाइको बिषेश समन्वयनमा सम्पन्न सो तालिममा उपस्थित सबैले खुलेर सेसनको प्रसम्सा गरेका थिए। यस्ता खालका तालिम समय समयमा भैरहनु पर्ने र ब्यबसायीले निकै उपयोगी हुने सबैले खुलेर बोलेका थिए।ब्यबसायलाइ ब्यब्स्थित र दिर्घकालिनका लागि यस्ता तालिमले धेरै टेवा पुग्ने कुरा भक्तपुर पर्टी प्यालेस एन्ड क्याटरिङका अध्यक्ष सचिन्द्र श्रेष्ठले बताउनु भयो।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...