Wednesday 14th October 2026

शोभा आचार्य गौतमका केही षड्ऋतुहरू


षड्ऋतुहरु

पुस महिना यो
जाडो बढ्यो लौ
बादल नि छायो
घाम कता गयो
आगो ताप्ने होकि
बेहाल बनायो ।

नत ताप्ने आगो
नत बाक्लो लुगा
नत खाने तातो
नतओढने छ
यो पुस कस्तो हो
कसरी खै जाने हो

साना साना बच्चा
जोगाउन गार्हो
तातो के खुवाउ
लुगा खै के दिउ
हे ईश्वर तिमी कै
भर पर्छु लौ है
४
परिश्रम धेरै
कमाई छैन खै
दुखिको जाडो यो
अतिनै सारो भो
यो जाडो खै कस्तो
कहिले जाला भो

नत सुन्ने कोहि
नत देख्ने नै छन
भित्र भित्रै मन
रोएर आयो है
यस्तो दुख प्रभु
कसैको नहोस

हाम्रो पनि दिन
कुनै दिन फिर्ला
परिश्रम गरि
धन कमाउला
तेहि आसमा है
जीवन बाच्छु है ।

-शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...