Wednesday 15th April 2026

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि १७ डिसेम्बरमा हुने


तीतोपाटी – नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ । मञ्चका सचिव राजन श्रेष्ठले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका हुन् ।

मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा भेला आयोजक मुल समिति बनाएर कार्य विभाजन समेत भइसकेको जानकारी तीतोपाटी डट कम लाइ प्राप्त भएको छ ।

चौथो राष्ट्रिय भेलाका बारेमा मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरले भने, ’मञ्चको यस अघिको राष्ट्रिय भेलामा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ “प्रकाश“ लाइ कुवेत ल्याइ अधिवेशन सम्पन्न गरिएकोमा कोरोना महामारीको कारण केहि समय ढिला हुन गए पनि यस पटक पनि केन्द्रीय नेतृत्वबाट सम्बोधन गराइ भेला सम्पन्न गरिने बताए । अध्यक्ष मगरले थपे, २ पार्टी एकताको विषयले केहि समय ढुलमुल हुनुको साथै कोरोना महामारीको कारण थोरै सुस्ताएको जस्तो देखिए पनि अब मञ्च सकृय भएर संगठन विस्तार तथा श्रमिकमैत्री कार्यमा अघि बढि रहेको छ ।’

मञ्चले चौथो राष्ट्रिय भेलालाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि लगायत कुवेतमा कार्यरत सम्पूणर् दाजुभा तथा दिदीबहिनीहरूलाइ मञ्चको चौथो राष्ट्रिय भेलामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थालाइ कार्यक्रम नजुधाइदिन पनि मञ्चले हार्दिक अनुरोध गरेको छ ।

“संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०११ मा गठन भइ कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ ।

कार्यक्रम विवरण
कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला ।
मितिः १७ डिसेम्बर २०२१ शुक्रबार ।
स्थानः पपिन्स हल अब्बासिया कुवेत ।
समयः दिनको ठिक ११ बजे ।


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...