Tuesday 29th September 2026

एनआरएनएको नयाँ नेतृत्वका लागि डिसेम्बर २६ र २७ मा निर्वाचन हुने


तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तालिका प्रकाशित गरेको छ। संघले यसअघि डिसेम्बर १५ तारिखमा हुने निर्वाच मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो।

यसअघि परराष्ट्र मन्त्रलायले असोज ११ र कात्तिक १७ गते पत्राचार गरी निर्वाचनबारे विभिन्न निर्देशन दिएपछि निर्वाचन अवरुद्ध भएको थियो।

संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयको पत्र वैधानिक भन्दै त्यसका विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेपछि गत आइतबार मन्त्रालयका पत्रहरु कार्यान्वयन नगर्ने उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशपछि संघले निर्वाचनको प्रकृया अघि बढाएको हो।

निर्वाचन समितिका अनुसार अब निर्वाचन डिसेम्बर २६ र २७ तारिखमा हुने जनाइएको छ।

डिसेम्बर ६ मा मतदाता नामावाली प्रकाशन, डिसेम्बर ७ मा मतदाता नामावली उपर दावी विरोध, डिसेम्बर १० मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ।

यस्तै डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दावी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोश्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको छ।

संघको १० औं महाधिवशेनको लागि अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। ४८ पदाधिकारीको लागि हुने निर्वाचनमा करिब १ सय जनाले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन्। संघको केन्द्रीय निर्वाचनको लागि ६४ देशबाट ३५ सय जना प्रतिनिधि छनोट भैसकेका छन्। ती मध्ये यूके, अमेरिका र अष्ट्रेलियाका प्रतिनिधि चयनमा विवाद रहेको छ।नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...