Friday 30th January 2026

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि बेलायतमा मास्क अनिवार्य, अमेरिकाको न्यूयोर्कमा संकटकाल, भारतमा उच्च सतर्कता


दक्षिण अफ्रिकामा कारोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायत, अमेरिका, युरोपेली मुलुक, भारत लगायतले सतर्कता अपनाउन थालेका छन्।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जोगिन बेलायतले सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा र पसल जाँदा मास्क अनिवार्य लगाउनुपर्ने भनेका छन्। कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायतले यस अघि नै दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

त्यसै गरि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। दक्षिण अफ्रिकाबाट आएका दुई जना कोरोना पोजेटिभ देखिएपछि भारतले उच्च सतर्कता अपनाएको हो। भारतीय अधिकारीहरुका अनुसार ती दुवै जनालाई ‘आइसोलेट’ गरिएको छ।

त्यस्तै अमेरिकाको न्युयोर्क राज्यमा कोरोनाको संक्रमण बढेको भन्दै संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेकी छन्। कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ। अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेकी छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...