Saturday 24th January 2026

टहल आचार्यको गजल सङ्ग्रह – २९


कृषि कर्म पशुपालन ऊनको खेती गर्नु पर्छ ।
पौरखी भै पाखा भित्ता सुनको खेती गर्नु पर्छ ।

आपसमै ऐँचो पैँचो सामजिक सद्भावले ,
पर्दाखेरी सहयोग र गुनको खेती गर्नु पर्छ ।

यो माटोको खातिरमा खाँचो हुँदा दिनलाई ,
आँट साहस बिरताले खुनको खेती गर्नु पर्छ ।

असक्षम अज्ञानताको बादलले ढाकिएको ,
अन्धकार षो धर्तीमा जुनको खेती गर्नु पर्छ ।

मेची काली एकताले बिकासको लहर ल्याई ,
उद्योग कलकारखाना नुनको खेती गर्नु पर्छ ।

-टहल आचार्य


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...