Thursday 25th April 2024

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको नेतृत्वको जिम्मेवारी आनन्द श्रेष्ठलाइ सुम्पदै नवौं अधिवेशन सम्पन्न


कुवेतको नेपाली समाजमा २१ वर्षको इतिहास बोकेको कुवेतको पहिलो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१ अाैं वर्षिक उत्सब हिजो १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुवेतको फरवानिया स्थित सेफ नौशद्स रेस्टुरेन्टमा क्लबका महासचिव सुरेश गुरूङको स्वागत र वरिष्ठ सदस्य इन्द्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको छ ।

क्लबक अधयक्ष डम्बर प्रसाद रिमालको सभाध्यक्षता र नेपाली राजदूतावास कुवेतका राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एन आर एन ए एनसीसी कुवेतका अध्यक्ष रण ध्वोज लामाको विशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल बिभिन्न नेपाली संघ-संस्थाका अधयक्ष प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यतामा सो अधिवेशन कार्यक्रम सम्पन्न भएको थियो ।

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको उक्त कार्यक्रममा कल्बले गरेका काम साथै संस्थागत गतिबिधी बारे कल्बका वरिष्ठ सदस्य ईन्द्र प्रसाद पोखरेलले प्रष्ट्याएका थिए ।

कार्यक्रममा महामहिम दुर्गा प्रसाद भण्डारीले क्लबले गरेको सामाजिक देखी खेलकुद क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि नयाँ कार्यसमितीले यो सुनौलो ईतिहासलाई अझ सुन्दर बनाउनु पर्दछ भन्दै क्लबले गरेका राम्रा कार्यलाई नेपाली दुताबासले सदैब सहयोग गर्ने बचन दिएका थिए ।त्यसै गरि विशेष अतिथि कुवेतका अध्यक्ष रण ध्वोज लामा, पत्रकारमहासघका सहसचिब हरि बानिया,जनजाती महासघका अध्यक्ष अमृत तामाङ,आईसीसी सदस्य हरी लावती,लगायतले शुभकामना मन्तव्य दिएका थिए ।क्लवका निबर्तमान अध्यक्ष तथा वरिष्ठ सदस्य पत्रकार महासंघ कुवैत शाखा सदस्य डम्बर प्रसाद रिमाल कुवेतको बसाईलाई बिट मार्दै स्वदेश फिर्ने भएकोले उहाँ लाई क्लव र महासंघ द्वारा दोसाला खादा ओढाएर मायाको चिनोले समान तथा विदाइ गरिएको थियो ।

विदाइको क्रममा रिमालले बोल्दै म यहाँ कुबेतमा नभएता पनि हजुरहरुले गरेको समान अनि मायालाई कहिले नभुल्न्ने जहाँ भए पनि मेरो हरसाथ सहयोग रहने बताए ।

नव निर्वाचित अध्यक्ष आनन्द श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै क्लवले गर्ने हरेक गतिविधिहरुमा आफुले र नयाँ कार्यसमितिले पनि पुर्व अध्यक्षहरुले जस्तै नेपाली समाजबाट सहयोग र सल्लाह, सुझाव पाउने बिचार व्यक्त गर्दै क्लवको गरिमालाई सदैव उच्च राख्न आफुले कुनै कसर बाँकी नराख्ने बताए ।कार्यक्रममा क्लवले चिया, कपी, ओपन बुफे भोजको ब्यबस्था समेत गरेको थियो ।

क्लवको नवौं अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।

कार्यकारिणी समिति:
१) अध्यक्ष – आनन्द श्रेष्ठ
२) उपाध्यक्ष – सुरेश गुरुङ
३) महासचिव – एकराज मल्ल ठकुरी
४) सचिव – डम्बर मोक्तान तामाङ
५) कोषाध्यक्ष – मोहदत्त चपाई
६) खेलकुद विभाग प्रमुख – मोहन नाछिरिङ राई
७) युवा संम्जोक -शन्त लम्साल
८) बरिष्ट सदस्य – किरण पौड्याल
९) बरिष्ट सदस्य – जय आले मगर
१०) बरिष्ट सदस्य – ईन्द्र प्रसाद पोखरेल
११) बरिष्ट सदस्य – जगत घागा मगर
१२) बरिष्ट सदस्य – श्रीमती सरिता पौड्याल
१३) बरिष्ट सदस्य – शिवराम पौडेल
१४) बरिष्ट सदस्य – केदार आले मगर
१५) बरिष्ट सदस्य – डम्बर प्रसाद रिमाल
१६) सदस्य – उमा घिमिरे
१७) सदस्य – प्रेम जिमी राई
१८) सदस्य – पदम गुरुङ
१९) सदस्य – केशव बि.क
२०) सदस्य – रहमदीन मिया
२१) सदस्य – किरण राई
२२) सदस्य – जय नारायण माझी थारू
२३) सदस्य – मोहन राई
२४) सदस्य – आयुर घले
२५) सदस्य – बिपिन अर्याल
२६) सदस्य – सुमित केसी
२७) सदस्य – किरण राज वंसी

सल्लाहकार-समिती
बरिष्ट सल्लाहाकार – राजेन्द्र बोमजन तामाङ
बरिष्ट सल्लाहाकार – मित्र सिंज्याली मगर
बरिष्ट सल्लाहाकार – श्रीमती गीता तामाङ
संरक्षक – बाल कुमार गुरुङ (नेपाल)
संरक्षक – धर्म राज गिरी (नेपाल)
सल्लाहाकार – खोप ब. गुरुङ
सल्लाहाकार – ईन्द्र प्रसाद भुसाल
सल्लाहाकार – जितेन थिङ तामाङ (साउदी)
सल्लाहाकार – होमनाथ गिरी
सल्लाहाकार – रुपेन हमाल
सल्लाहाकार – सुन बादुर तमाङ

२१ वर्षको गरिमामय इतिहास बोकेको क्लवलाई स्थापना देखी हालसम्म निम्न व्यक्तित्वहरुले मुख्य नेत्रित्व(अध्यक्षता) दिईसक्नु भएको छ ।

संस्थापक अध्यक्ष – श्री अनिल कुमार राई – सन् १९९९ डिसेम्बर देखी २००३ जून सम्म
दोश्रो अध्यक्ष – श्री बाल कुमार गुरुङ – सन् २००३ जून देखी २००९ जून सम्म
तेश्रो अध्यक्ष – श्री किरण पौड्याल – सन् २००९ जून देखी २०११ जून सम्म
चौंथो अध्यक्ष – श्री धर्म राज गिरी – सन् २०११ जून देखी २०१३ जून सम्म
पाँचौं अध्यक्ष – श्री जय आले मगर – सन् २०१३ जून देखी २०१५ अगष्त सम्म
छैटौं अध्यक्ष – श्री जितेन थिङ तामाङ – सन् २०१५ अगष्त देखी २०१७ अगष्त सम्म
सातौं अध्यक्ष – श्री ईन्द्र प्रसाद पोखरेल – सन् २०१७ अगष्त देखी २०१९ डिसेम्बर सम्म
आठौ अध्यक्ष – श्री डम्बर प्रसाद रिमाल – सन् २०१९ अगष्त देखी २०२१ नोवेम्बर सम्म


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...