Saturday 3rd October 2026

बच्चा जन्मिनु खुसीको कुरा हो तर किन ११ दिनसम्म सुतक वार्ने ? यसलाई तुरुन्त खारेज गरौं


डा. अम्बरिश पोख्रेल- बच्चा जन्मिएको एघार दिनसम्म तेरह (१३) दिने दाजुभाइहरुले चाड पर्व, विवाह व्रतबन्ध, देवाली_ कुल पूजा किन नमनाउने होला ?

२. नयाँ बच्चाको आगमन त झन् खुसीको कुरा हुनु पर्ने होइन र ?

३. बच्चामा घर बाहिरका मानिसहरुबाट हुन सक्ने सम्भावित भाइरस ब्याक्टेरियाको संक्रमण रोक्न सुतक बारेको त होइन होला नी उस जमानामा ?

४. तीन नम्बर कारण होइन भने, यो चलन हटाएको घोषणा गर्नु ढिला भइसकेको छ । तीन नम्बरको कारण भए पनि, नेपाल हिन्दु परिषद्ले तुरुन्त घोषणा गरोस् ।

५. एकदमै राम्रो कारण रहेछ भने पनि, उक्त घर बाहेक अन्यको हकमा लागू नहुने घोषणा गर्नु पर्छ । छिटो घोषणा गर्नु धर्मका ठेकेदारहरुले ।

६. धर्मका मठाधिसहरुको (धर्म नामका समितिहरू, परिषद् देखि गुठीहरु) कारणले पनि समाजमा ठूलो विग्रह, विसंगति तथा विकृतिहरू आएका छन् । कहिले सच्याउने हो तिमीहरूले ?
अस्तु
ए पोख्रेल


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...