Thursday 25th April 2024

बच्चा जन्मिनु खुसीको कुरा हो तर किन ११ दिनसम्म सुतक वार्ने ? यसलाई तुरुन्त खारेज गरौं


डा. अम्बरिश पोख्रेल- बच्चा जन्मिएको एघार दिनसम्म तेरह (१३) दिने दाजुभाइहरुले चाड पर्व, विवाह व्रतबन्ध, देवाली_ कुल पूजा किन नमनाउने होला ?

२. नयाँ बच्चाको आगमन त झन् खुसीको कुरा हुनु पर्ने होइन र ?

३. बच्चामा घर बाहिरका मानिसहरुबाट हुन सक्ने सम्भावित भाइरस ब्याक्टेरियाको संक्रमण रोक्न सुतक बारेको त होइन होला नी उस जमानामा ?

४. तीन नम्बर कारण होइन भने, यो चलन हटाएको घोषणा गर्नु ढिला भइसकेको छ । तीन नम्बरको कारण भए पनि, नेपाल हिन्दु परिषद्ले तुरुन्त घोषणा गरोस् ।

५. एकदमै राम्रो कारण रहेछ भने पनि, उक्त घर बाहेक अन्यको हकमा लागू नहुने घोषणा गर्नु पर्छ । छिटो घोषणा गर्नु धर्मका ठेकेदारहरुले ।

६. धर्मका मठाधिसहरुको (धर्म नामका समितिहरू, परिषद् देखि गुठीहरु) कारणले पनि समाजमा ठूलो विग्रह, विसंगति तथा विकृतिहरू आएका छन् । कहिले सच्याउने हो तिमीहरूले ?
अस्तु
ए पोख्रेल


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...