Sunday 18th October 2026

प्रवासी नेपाली मञ्चले यहि नोभेम्बर १८-१९ मा वनभोज तथा प्रशिक्षण कार्यक्रम गर्ने


तीतोपाटी – नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले यहि नोभेम्बर १८-१९ मा एक वनभोज तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सो कुरा मञ्चका सचिव गणेश रावतले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् ।

तीतोपाटी सँगको कुराकानीमा रावतले भने प्रवासी नेपाली मञ्च कुवेतले पार्टीको दशौ राष्ट्रिय महाधिवेशनको अवसरमा वनभोज कार्यक्रम आयोजना गरेको र सो वनभोज कार्यक्रममा पार्टीका कार्यकर्तालाइ प्रशिक्षण तथा पार्टी प्रति अास्थावान प्रवासी श्रमिकहरूलाइ पार्टी प्रवेश गराउने पनि जनाए ।

कुवेतमा सन २०१२ मा स्थापना भएको नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मंच कुवेतले स्थापनाकाल देखि बिभिन्न कार्यक्रम गर्दै आईरहेको यस संगठनले आफ्नो पार्टीको हुनगई रहेको दशौ महाधिवेशनको अवसर पारेर वनभोज कार्यक्रम राखी आफ्ना सदस्यहरु र नेकपा एमाले प्रति आस्थावान नेपाली बीच भव्यरुपमा मनाउने भएको हो ।

कुवेतको रमणिय स्थान कवड एरियामा मनाउन लागिएको वनभोज कार्यक्रमलाइ नेकपा एमाले प्रति आस्थावान सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाइ उक्त वनभोज कार्यक्रममा उपस्थितिका लागि प्रवासी नेपाली मञ्च कुवेतले हार्दिक निमन्त्रणा गरेको छ ।

वनभोज कार्यक्रम सम्बन्धी थप जानकारीको लागि
राजु थापा : ६६१९६५०५
गणेश रावत : ५५८२०८१४
संतोष तामांग : ९८७६००४६
नानुराज बराल : ६०९८५७१८
लाइ सम्पर्क गर्न सकिने पनि प्रवासी नेपाली मञ्च कुवेतले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...