Friday 17th May 2024

सुपादेउराली मन्दिरमा भक्तजनको भिड, व्यवस्थित बन्दै मन्दिर परिसर


तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ सुपामा अवस्थित पर्यटकीय एवं धार्मिक देउराली मन्दिरमा भक्तजनको भिड बढेको छ । यहाँ पुजा आजा गरेमा मानोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विशेष गरी मन्दीरमा बोका परेवाको बली चढाइन्छ । विभिन्न ठाउँबाट भक्तजनहरु भाकल गरी पुजाआजा एवम् दर्शन गर्न आउने गर्दछन् ।

विगत दुई वर्षदेखि कोरोना महामारीका कारण त्यति चहलपहल नभय पनि यो पटक भने टाढा टाढाबाट भक्तजन सुपा मन्दिरमा मन्दिरको दर्शन गर्न आउने गरेका छन् ।

हिजो शनिवारको अवसरमा सुपा देउराली मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो थियो भने अन्य दिनमा भन्दा शनिवार निकै भिडभाड हुने स्थानीय व्यावसायिकहरु बताउन्छन।

शनिबार बिहान सुपा मन्दिरमा पुग्दा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भिड देखिएको हो । उनीहरु पूजा गर्नका लागि लामो लाइनमा पालो कुरिरहेका थिए ।

विगतमा भन्दा अहिले मन्दिर व्यवस्थापनले भौतिक संरचना लगाएत सम्पूर्ण पक्षमा सुधार गरेको छ । जसले गर्दा दर्शन गर्न पनि सहज भएको भक्तजनको प्रतिक्रिया छ ।

मन्दिर परिसरमा पुगेर हामीले सोधपुछको क्रममा दर्शकले सुपा देउराली मन्दिरमा दर्शन गर्न आउन पाउदा एकदम खुसी लागेको र यहाँ पहिलेको भन्दा स्थिति धेरै सुधार गरेको बताउदै बाकी रहेको सुधार पनी छिट्टै गर्न आग्रह गरे।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...