Thursday 18th April 2024

इथियोपियामा संकटकाल घोषणा


इथियोपियाको मन्त्रिपरिषद्ले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको छ । देशको उत्तरी क्षेत्रमा सक्रिय विद्रोही समूह टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)ले राजधानीतर्फ अघि बढ्ने चेतावनी दिएपछि इथियोपियाको सरकारले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको हो।

संकटकाल घोषणासँगै सरकारी अधिकारीहरूले नागरिकहरूलाई राजधानी अदिस अब्बासको रक्षाका लागि तयार रहन आग्रह गरेका छन्। इथियोपियाको सरकारी सञ्चारमाध्यम फना ब्रोडकास्टिङका अनुसार आतंकवादी समूह टिपिएलएफद्वारा हुन सक्ने सम्भावित नरसंहारबाट नागरिकलाई बचाउन संकटकाल घोषणा गरिएको हो।

टिपिएलएफ संघीय सरकारविरुद्ध विगत एक वर्षदेखि युद्धरत छ। संकटकालको समयमा सडक तथा यातायात सेवा अवरुद्ध, कर्फ्यु लगाउने तथा केही क्षेत्रमा सेनाको नियन्त्रण हुन सक्ने, ‘आतंकवादी’ समूहसँग जोडिएका शंकास्पद व्यक्तिहरूलाई पक्राउ पुर्जीविना नै पक्राउ गर्न सकिने तथा सेनामा भर्ती हुने उमेर पुगेका सबै नागरिकलाई विद्रोही समूहविरुद्ध लड्नका लागि आह्वान हुन सक्ने बताइएको छ।

संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको द्वन्द्वले निम्त्याएको मानवीय संकटले लाखौँ मानिस भोकमरीमा रहेका छन्। इथियाेपियामा द्वन्द्वका कारण हजारौँ मानिसको ज्यान गएको छ भने २५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट…

प्रतिकृयाहरू
...