Monday 21st September 2026

गजलकार शर्मिला श्रेष्ठका मन छुने समसामयिक गजल


गजल
***
शव्द वाण नहान मलाइ मुटु दुखेको बेलामा
नसोध भकारीमा कति ? दैवले लुटेको बेलामा।

डुबानले जमरा सरि उम्रिएका खेतभरी अन्न
नकोट्ट्याऊ घाउ चहर्याउँने छ गुमेको बेलामा।

दैव यसरी निर्दयी बन्यो गरीव किसान माथि
केहि गरे बचाउँन सकिएन डुबेको बेलामा।

दु:खीको पीर मर्का कहिल्यै बुझेन सरकारले
कोही मल्हम दिन्छौ कि सरकार सुतेको बेलामा।

बर्षेनी डुबानमा पारी आफ्ना देशका बस्ती,खेत
बाँधको साँचो फुटाउ डुबानले पुरेको बेलामा।

शर्मिला श्रेष्ठ, ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...