Saturday 17th October 2026

कुवेतले अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा खोल्ने र सबै देशहरुलाई भिसा दिने


तितोपाटी- कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल आगामी २४ आक्टोबर २०२१ आइतवार देखि पूर्णरूपमा संचालनमा ल्याइने भएको छ।

नागरिक उड्डयन महानिर्देशनालयले घोषणा गरे संगै उनीहरुलाई तेस्रो चरण लागू गर्न र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा खोल्न मन्त्रीपरिषदबाट निर्देशन प्राप्त भएको र आगामी आइतबारदेखि कुवेत विमानस्थल पूर्ण पूर्णरूपमा संचालनमा आउने र कुवेत आउन इच्छुक आप्रवासीहरुको लागी सबै देशहरुलाई भिसा दिने बताएका छन।

कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आउने डीजीसीएले जनाएको छ। नागरिक उड्डयन महानिर्देशकले ट्वीटरमा भनेका छन मन्त्रिपरिषद्ले बिमानस्थल संचालन गर्ने परियोजनाको तेस्रो चरण कार्यान्वयन गर्न काउन्सिललाई निर्देशन दिएको र वर्तमान अवस्थमा विमानस्थल प्रति दिन मात्र १०,००० यात्रुहरुको उड़ान भरीरहेको छ। उक्त १० हजार यात्रु मध्य नेपाल, भारत सहित विभिन्न देशहरु बाट रहेका छन।

यात्रुहरुमा जारी प्रतिबन्धको कारण टिकटको मूल्यमा वृद्धि, आएको बताउदै आगामी दिनहरुमा विमानस्थल पूर्ण क्षमतामा पुगिसकेपछि एयरलाइन्सको टिकट मूल्यमा भारी गिरावट आउने अपेक्षा गरिएको डीजीसीएलाई उद्धत गर्दै अरबटाइम्सले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...