Saturday 26th September 2026

कविताः शुभकामाना -नारायण कोइराला


मन हाँस्दै थियो
परिस्थिती नाँच्दै थियो
जताततै रमाइलो पन
खुसीका लहर आउँदै थियो
आयो, आयो भन्दै गाउँ बेसी
रमाउँदै थियो
कसैका परदेशी आए
कसैका स्वदेशी आए
सोचे भन्दा धेरै
घर आँगनमा खुसी छाए।
तर
कता – कता एक कुनामा
खुसीहरू चोइटिएर
त्यो दिनको प्रतिक्षामा
आफ्ना कैयन वर्षहरू
अँध्यारो मनभित्र
उज्यालोको खोजीमा
प्रतीक्षा गर्दागर्दै न आयो उज्यालो
न धपक्क निभो मनको अँध्यारो
यही लडाईको हार जितमा
वर्षौं सोच्दा सोच्दै सकियो
मनको रमाइलो
फेरि पनि खिस्स मुख हसाउँदै
चोइटिएको मनलाई
चाडपर्वको नाम उनेर
दशैँको शुभकामना लेख्न नै पर्यो।।

नारायण कोइराला
२३/६/२०७८
तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १ सय ५७ घर डुबानमा परेका छन्।…

प्रतिकृयाहरू
...