Saturday 27th June 2026

बदर अल समा मेडिकल सेन्टरको निशुल्क शिविरमा १५० जनाको स्वास्थ्य जाँच


तितोपाटी- बदर अल समा मेडिकल सेन्टरद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बदर अल समा मेडिकल सेन्टर र भविष्यको बचत लगानी (एफएसआई)को संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो। उक्त शिविरवाट १५० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरेका हुन।

बदर अल समा मेडिकल सेन्टर र (एफएसआई) को संयुक्त आयोजनामा एक दिने शिविर सञ्चालन गरेको उक्त शिविर उद्घाटन एफएसआईका अध्यक्ष रउफ मशहूरले गरेका थिए भने, बदर अल समा, व्यापार विकास समन्वयकको तर्फबाट – शरीफ थंगल, नासेर तलिपरम्बा, सादिकअलिकल, अली अकबर, रफी अलिकल, शाहजहाँ तिरुवनन्तपुरम अनासअजीज अब्दुलको उपस्थित रहेको थियो। साथै शिविरको नेतृत्व इस्माइल भल्लियोथ, फैसल, अयुब पुथुपाराम्बा, मुनीर पेरुमुखम, कबीर थलंकरा, रशीद मस्तान, अजीज थलंकरा लगायत रहेका थिए।

शिविरमा संचालनका क्रममा व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन ।


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...