Friday 18th July 2025

बदर अल समा मेडिकल सेन्टरको निशुल्क शिविरमा १५० जनाको स्वास्थ्य जाँच


तितोपाटी- बदर अल समा मेडिकल सेन्टरद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बदर अल समा मेडिकल सेन्टर र भविष्यको बचत लगानी (एफएसआई)को संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो। उक्त शिविरवाट १५० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरेका हुन।

बदर अल समा मेडिकल सेन्टर र (एफएसआई) को संयुक्त आयोजनामा एक दिने शिविर सञ्चालन गरेको उक्त शिविर उद्घाटन एफएसआईका अध्यक्ष रउफ मशहूरले गरेका थिए भने, बदर अल समा, व्यापार विकास समन्वयकको तर्फबाट – शरीफ थंगल, नासेर तलिपरम्बा, सादिकअलिकल, अली अकबर, रफी अलिकल, शाहजहाँ तिरुवनन्तपुरम अनासअजीज अब्दुलको उपस्थित रहेको थियो। साथै शिविरको नेतृत्व इस्माइल भल्लियोथ, फैसल, अयुब पुथुपाराम्बा, मुनीर पेरुमुखम, कबीर थलंकरा, रशीद मस्तान, अजीज थलंकरा लगायत रहेका थिए।

शिविरमा संचालनका क्रममा व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...