Friday 25th September 2026

बदर अल समा मेडिकल सेन्टरद्वारा स्वास्थ्य कार्ड वितरण


तितोपाटी- बदर अल समा मेडिकल सेन्टर फरवानीयाले आफ्नो विशेषाधिकार स्वास्थ्य कार्ड (INFOK) कुवेत एसोसिएशनलाई वितरण गरेको छ।

गत २३ सेप्टेम्बरको दिन कुवेतको फरवानीयास्थित अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा, (शाखा प्रबन्धक) अब्दुल रजाकको उपस्थितिमा (INFOK ) समितिका सदस्यहरुलाई एक एक बदर स्वास्थ्य कार्ड प्रदान गरिएको थियो। उक्त कार्ड लिए बापत जो कोहीलाई पनी डाक्टर परामर्श, एक्सरे, प्रयोगशाला र फार्मेसी ल, सहित सबै विभागहरुमा विभिन्न छुटका साथ स्वास्थ्य लाभ उठाउन सकिने छ।

कार्यक्रम अब्दुल रजाक (शाखा प्रबन्धक, जीजु (लेखाकार), अनस (व्यापार विकास समन्वयक) तथा अल समा मेडिकल केन्द्र र (INFOK ) समितिका सदस्यहरुको उपस्थिति उक्त आयोजित भएको थियो।

कार्यक्रममा उपस्थित भएर स्वास्थ्य कार्ड लिनुहुने सम्पूर्णलाई लाभ उठाउन अनुरोध गर्दै, बदर अल समा मेडिकल सेन्टर परिवारले धन्यवाद दिएको थियो।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...