Monday 22nd June 2026

लघुकथा: गुडिया -नारायण कोइराला


बिजुली गएर मेरी छोरी हैरान थिइन्।उज्यालोको लागि मइन् बत्ती जलिरहेका थिए।
सानी छोरी त्यही धिपधिप जलिरहेको बत्ती संग खेल्दै थिईन्।

बत्तीको उज्यालोमा रमाउँदै रहेकी छोरी टेबलमा रहेको मोबाइल ल्याएर मलाई दिइन्। छोरीको इच्छा बुझिसकेको थिए।उनी कसरी बुज्छिन र? सानै थिइन्। बेट्री पनि सकिएकोले मोबाइल खुल्ने अवस्था थिएन्।

छोरी एकोहोरो मोबाइल हेर्दै रुन थालिन्। श्रीमती, एउटी छोरी भुलाउन नसक्ने भन्दै भान्सा तिर भुन्भुनाउँदै थिइन । म अलमल! के गरु ? न त छोरीको रुवाई रोकीन्छ।नत बिजुली आऊने सुरसार ।

म अर्को कोठामा गएर आमाको पुरानो काठे बाकस खोलें। मेरी छोरी पनि रुँदै पुगिन्।मेरो अगाडी मोबाइल फालिन। काठे बाकसमा पुराना मेरा खेलौना थिए। मैले आफ्नो बचपन देखे।बाकस देख्ने बित्तिकै छोरीको आखाँ त्यतै गए। छोरीको हातमा पुरानो गुडिया थियो ।अनुहारमा हल्का हाँसो।

नारायण कोइराला
तानसेन, पाल्पा
हाल: यूएई।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...