मैले आमालाई मेरो पहिलो कमाईबाट तिलहरी किनेर दिएको थिए।आमा त्योदिन अती खुसी हुनुहुन्थ्यो।
तिलहरी आमाको घाँटीबाट बाहिर निस्कँदैन थियो। गाउँमा छोराको कमाईबाट किनेको तिलहरी भन्दै गफ लगाउनु हुन्थियो।आमाको त्यो खुसीले मलाई आनन्द आउँथ्यो।
त्यो तिलहरी पछिपनि मैले आमाको लागि अरू गहना बनाएको थिए। आमाको तिलहरी मोह भने घटेको थिएन्।अरुले अब त ! अरु राम्रा गहना छन।तिलहरी नलगाउँदा पनि हुन्छ भन्दा आमाको अनुहार रातो हुन्थियो।
आजभोलि आमाका अरू गहनाहरू छोरी बुहारीको शरीरमा झुन्डिएको देख्छु।
तिलहरी भने आमाको मृत्युपछि सम्झना बनेर मेरै कोठामा संझिएको छ।
नारायण कोइराला
तानसेन पाल्पा
हाल: यूएई।