Sunday 20th September 2026

लघुकथाः तिलहरी – नारायण कोइराला


मैले आमालाई मेरो पहिलो कमाईबाट तिलहरी किनेर दिएको थिए।आमा त्योदिन अती खुसी हुनुहुन्थ्यो।

तिलहरी आमाको घाँटीबाट बाहिर निस्कँदैन थियो। गाउँमा छोराको कमाईबाट किनेको तिलहरी भन्दै गफ लगाउनु हुन्थियो।आमाको त्यो खुसीले मलाई आनन्द आउँथ्यो।

त्यो तिलहरी पछिपनि मैले आमाको लागि अरू गहना बनाएको थिए। आमाको तिलहरी मोह भने घटेको थिएन्।अरुले अब त ! अरु राम्रा गहना छन।तिलहरी नलगाउँदा पनि हुन्छ भन्दा आमाको अनुहार रातो हुन्थियो।

आजभोलि आमाका अरू गहनाहरू छोरी बुहारीको शरीरमा झुन्डिएको देख्छु।

तिलहरी भने आमाको मृत्युपछि सम्झना बनेर मेरै कोठामा संझिएको छ।

नारायण कोइराला
तानसेन पाल्पा
हाल: यूएई।


सम्बन्धित शीर्षकहरु

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

प्रतिकृयाहरू
...