Sunday 11th October 2026

वैदेशिक रोजगारी : एक वर्षमा १ सय ४० जनाले गरे विदेशमै आत्महत्या


तीतोपाटी डटकम -काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक सय १९ जनाको वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटना ज्यान गएको छ । एक सय १६ जना पुरुष र तीन जना महिलाको सडक दुर्घटना ज्यान गएको हो ।

बोर्डका अनुसार विभिन्न रोगका कारण ४२७ जनाको, कार्डियाक अरेस्टको कारण १०४ जनाको, कार्यस्थल दुर्घटनामा परी २६ जनाको, प्राकृतिक कारणबाट १७१ जनाको ज्यान गएको छ भने २ जनाको हत्या भएको छ ।

अन्य विभिन्न कारणबाट २४८ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् भने ५ जनाको मृत्युको कारण अनुसन्धान भइरहेको छ ।

साभार-उज्यालो अनलाइन


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...