Friday 26th April 2024

८ नारी स्रष्टाका षडऋतुहरू


षडऋतुहरु

१.
पहाड हिमाल
तराई जङ्गल
उकाली ओराली
शितको कपाली
मिठो छ काफल
सारै नै असल ।

२.
बसन्तको रितु
आनन्दको मुटु
हेर्दै रमाइलो
अति जोशिलो
बेली र चमेली
महक कोसेली ।

३.
गुलाफ बोटमा
भवरा चोटमा
काढा देखि भाग्छ
सुवास ओकल्छ
मग मग बास
खुशीको छ आश ।

गङ्गा लिगल
भैरहवा

१) यसै देशभित्र
सुनौलो छ चित्र
जुटी आज मित्र
हिँडेको सुमार्ग
जडेको विचित्र
सबै यो मभित्र ।
२) ज्ञान ज्योति छर्छु
भाषा प्रेम गर्छु
काव्य रङ्ग भर्छु
चेत छर्ने इच्छा
यहीँ दङ्ग पर्छु
देशनिम्ति मर्छु ।

३)समातेर हात
मिलाएर साथ
उचो पार्न माथ
सदा हिँड्छु बाटो
हटाएर रात
तिमी साथ साथ ।

-सीता सुवेदी पन्थी, गुल्मी , हाल भक्तपुर


षडऋतुः१.
मग-मग बास्ना
फूलको सुबास्मा
दुर्गन्ध हरायो
मग्मग बास्नामा
आनन्द बागमा
यो मन रमायो !

षडऋतुः२
मनको मन्दिर
मेरो आफ्नै वर
रमाईलो घर !
सबै मिलिजुली
मिलेर सँभली
बसौँ आफ्नै घर !!

षडऋतुः३
तिजको चहाड
रमैलो वाहड
छोरी चेलीलाई !
संझेर माईती
रमाई आईथी
तिज मान्नलाई !!

-उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर ,काठमाण्डौँ

 

षडऋृतु


जीवनमा बाधाँ
कतिकति आए
संघर्ष ञ्ञ्गरेर
सबैसामुञ्छाए
सबैको मायाले
म धेरैञ्ञ्रमाए ।।


दीन दुःखीलाई
सहयोग गर्नु
सुन्दर मनले
न्यानो माया भर्नु
सबैप्रति एक
व्यवहार छर्नु ।।


आफ्नै देशमा नै
रमाउनुपर्छ
रगत पसिना
बगाउनुपर्छ
देशप्रति माया
जगाउनुपर्छ ।।

रिता खराल , रूपन्देही

१)म परेँ पाल्पाली
उनै छोरी चेली
बेली या चमेली
हुर्केँ नाची खेली
मिठो भाषा बोली
सम्झना झल्झली

२)कबिता सुनौला
मनैमा गुनौला
घमण्ड थुनौला
जिन्दगी जिउँदै
सङगत बढाइ
यहि हो पढाइ

गुणवती केसी गोदार
तानसेन , पाल्पा

सावन पन्ध्र बिशेष केहि षडऋतुहरु

माइती

साउन पन्ध्रमा
माइती घरमा
खोज्दै हिँडे दाइ
छिर्केमिर्के गाई
खुसीले रमाए
मीठो खिर खाइ ।

२)मीठो थियो खीर
घर जाने पीर
एक्लै सासु बजै
गाली गर्छिन् मज्जै
दाइ म त गएँ
जाने बेला रोँए ।

३)घर पुगेपछि
साँच्चै म डराँए
आमाबाबा संझी
म कता हराँए
आज पन्ध्र मास
खिरको सुवास ।

४) चुलो चौको गरी
आँसु झारी झारी
घाँस काट्न गएँ
हँसिया भाँचियो
मन भो कुटुक्क
बसे नि थुचुक्क

५)घाँस नि भिरमा
काट्न भयो गाह्रो
छोरीलाई हुने
माइती नै प्यारो
देखावटी हाँसे
मायाप्रीती गाँसे ।

६)
जुरेन साइत
फुरेन नि गीत
संझेछु माइत
तीजमा बरिलै
कोरोना कहर
सून्य भो शहर ।

सीता बिष्ट कार्की ( सीबिका)
काठमाण्डौ

चरी बस्यो रुख
आयो सुख दुख
भएं म त दिक्क
हातै धुन ठिक्क
मुख थुनी हिंड्दा
सासै फेर्न दुख्ख

कोभिडले पार्यो
सबै अस्त ब्यस्त
केटाकेटी बिग्रे
लेख्न पढ्न छाडे
स्कुल जानू छैन
घरमा हुन्न चैन ।

नेपाल यो घर
यिनै हाम्री आमा
बसौ सधै यहीं
गरौ यही काम
यहीं नै पाईन्छ
ज्ञान सान मान

दुर्गा पौड्याल

 


मित्रता दिबस
सबै लाई भन्छु
सुभकामना छ
साथिहरुलाई
बधाई दिन्छु


आत्मिय मित्र
दिन आज भेट्ने
षडऋतु बाट
भेट गरी मेट्ने
मन भित्र राखी
देबि लाई भाकी


रिष राग त्यागि
सधै भलो गरौ
इर्ष्या द्वेष लोभ
सबै छोड्ने गरौ
मेरो हैन हाम्रो
भन्ने बानि राम्रो

-रमा पन्त
पाल्पा


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...