Thursday 28th March 2024

विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा धमाधम अशुली हुँदै, मन्त्रालय भन्छ ‘नि:शुल्क’


तीतोपाटी डटकम-काठमाडौँ | विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा सिभिल अस्पतालले धमाधम पैसा अशुलिरहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको निशुल्क प्रमाणीकरण लिन सक्ने निर्णय गरेको थियो । त्यसो त मन्त्रालयले जारी गरेको सूचनामा समेत खोप लगाएको प्रमाणीकरण निशुल्क हुने समेत उल्लेख छ ।

 

यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पताल, टेकुबाट यो सेवा दिँदा रु ६०० लिने गरिएको थियो । प्रमाणीकरण लिन घन्टौं लाइन बस्नुपर्ने, पैसा तिर्नुपर्ने र एक ठाउँबाट मात्र सेवा लिन बाध्य भएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको थियो । तर नयाँ बानेश्वर स्थित सिभिल अस्पतालले खोप प्रमाणीकरणको नाममा प्रतिव्यक्ति तीन सय अशुली गरिरहेको प्रमाण साझा सबाल मिडियालाई प्राप्त भएको छ । सोमबार अस्पतालमा सेवा लिन पुगेकाहरुले प्रति व्यक्ति तीन-तीन सय तिरेर खोप लगाएको प्रमाण बनाउन बाध्य भएको बताएका छन् ।

 

यसै सम्बन्धमा खोप प्रमाणीकरणको जिम्मा पाएको काठमाडौँ स्थित सशस्त्र प्रहरी बल अस्पतालले भने खोप प्रमाणीकरणको लागि कुनै पनि शुल्क नलिएको जनाएको छ । सरकारले निशुल्क भनेको अवस्थामा सिभिल अस्पतालले किन पैसा अशुली गरेको भन्ने प्रश्न सहित उक्त अस्पतालमा जानकारी लिन दिनभर फोन सम्पर्क गर्न खोज्दा अस्पतालले फोन उठाएन ।
-साझासबाल डटकमबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...