Saturday 25th July 2026

कविताः व्यथा -कुंज देवी उपाध्याय


कालो बादलले आकाश छोपेको दिन
म आफ्नै आँखा खोज्दै
छटपटाउदै
घुमिरहन्थे
तिम्रो यात्राको
सहभागी बन्न नसकेर
बिस्तारै
भित्र पस्न लागे
हराउँन लागे झै डर लाग्यो
ओठ सुक्दै आए
आवाज हरायो
एउटा श्राप परेको ढुंगो झै
एकै ठाउँमा मेरो ठेगाना लेखियो
जिन्दगी को
जताततैबाट डरलाग्दा आवाज़ आए
मन कम्पमान हुन लाग्यो
तिम्रो उपस्थिति को झझल्कोमा
रात्रि को अँध्यारोमा आफ्नु कलेजो छाम्दै
सोचेंँ
म जिउॅदैछु?

हो त,

धड़कन बाँकी छ शरीरमा
मर्नुको निम्ति जिँउदो हुनु पर्छ
प्रतिध्वनि आउँछ आफनै श्वास को भित्ता मा ठोकिएर
यादको सहारा मा
मृत्युको प्रतिक्षा गर्दै
व्यथाहरु पालन गर्ने जिउदो लाश हो एक्लो पन।

कुंज देबी उपाध्याय
शिवसागर।
आसाम , भारत।


सम्बन्धित शीर्षकहरु

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

प्रतिकृयाहरू
...