Thursday 17th September 2026

कविताः व्यथा -कुंज देवी उपाध्याय


कालो बादलले आकाश छोपेको दिन
म आफ्नै आँखा खोज्दै
छटपटाउदै
घुमिरहन्थे
तिम्रो यात्राको
सहभागी बन्न नसकेर
बिस्तारै
भित्र पस्न लागे
हराउँन लागे झै डर लाग्यो
ओठ सुक्दै आए
आवाज हरायो
एउटा श्राप परेको ढुंगो झै
एकै ठाउँमा मेरो ठेगाना लेखियो
जिन्दगी को
जताततैबाट डरलाग्दा आवाज़ आए
मन कम्पमान हुन लाग्यो
तिम्रो उपस्थिति को झझल्कोमा
रात्रि को अँध्यारोमा आफ्नु कलेजो छाम्दै
सोचेंँ
म जिउॅदैछु?

हो त,

धड़कन बाँकी छ शरीरमा
मर्नुको निम्ति जिँउदो हुनु पर्छ
प्रतिध्वनि आउँछ आफनै श्वास को भित्ता मा ठोकिएर
यादको सहारा मा
मृत्युको प्रतिक्षा गर्दै
व्यथाहरु पालन गर्ने जिउदो लाश हो एक्लो पन।

कुंज देबी उपाध्याय
शिवसागर।
आसाम , भारत।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...