Saturday 18th May 2024

कविताः छोरीको गुहार -हृत्तिक शर्मा


गर्भमा छु आमा तिम्रो
मलाई जन्मिन देऊन्
धेरै माया गर्छु तिमिलाई
समाजलाई भनिदेउन ।

उज्यालो पार्छु तिम्रो नामलाई
बाबालाई भनिदेउन
छोरो भन्दा ठुलो बन्छु
मलाई पनि जन्मिन देउन।

म पनि त तिम्रै वंश हुँ
मसँग पनि अंश छ तिम्रो
मेरो पनि दुइटा हात
दुइटा खुट्टा, दुईटा आँखा
भगवानले नै रचेका हुन्
अनि किन जगतले भन्छ
छोरी पराइ हुन्छन भनेर ?
आँखिर एउटै मातापिता
एउटै वंश, मेरो पनि त हो।।

मेरो रचना किन गर्यो ?
किन मलाई गर्भमा मार्छो?
धेरै पीडा हुन्छ आमा मलाई,
एउटै वंशमा भएर पनि मलाई तिमी मार्छो ।
एक पल्ट छाडी देउ मलाई
म आकाश छोएर देखाउँछु
मलाई पनि लेख्न पढ्न देउ
छोराको भन्दा धेरै कर्तव्य निभाउँछु।

एक थोपा आँसु पनि आउन दिन्न
तिम्रो आँखामा
मलाई पनि जन्मिन देउ,
मलाई पनि जन्मिन देउ।।

✍️हृत्तिक शर्मा
विश्वनाथ,असम,भारत
मोनाबारी गाउँ


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...