Friday 3rd May 2024

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियर र चालक बेपत्ता


तीतोपाटी डटकम-२३ असार, पोखरा । पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् ।मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका सिडिओ देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारु हुन् ।कुश्मा नगरपालिका ८ दोबिल्लाको खहरे खोलाको बाढीले बगाएर बेपत्ता भएको गाडी मोदी खोलामा भेटिएको छ । ‘तर, खोलाको बहाव एकदमै ठूलो भएकाले निकाल्नै सकिएको छैन,’ सिडिओ खत्रीले भनिन्, ‘वेपत्ताहरुको अवस्था पनि अज्ञात छ ।’

सिडिओ खत्रीले उक्त बाढीले सोही स्थानकै चार वटा टहरा र मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीकै दुई वटा मोटरसाइकल र एउटा स्कुटर पनि बगाएको जानकारी दिइन् । ‘बाढीपहिरोले अहिले बाटो पूरै बन्द भएको छ । खोल्न पनि सकिराख्या छैनौं,’ उनले भनिन्।

साभार- अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...