Tuesday 25th August 2026

चार्टर्ड उडानमा यात्रु ठगिएको गुनासोपछि छानबिन समिति गठन


तितोपाटी- चार्टर्ड उडानको नाममा सर्वसाधारण ठगिएको गुनासोपछि सरकारले छानबिन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । चार्टर्ड उडानका नाममा निजी वायुसेवा कम्पनीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग चर्को भाडा असुलेको गुनासो आएपछि छानबिन समिति गठन गरिएको महानिर्देशक पोख्रेलले बताए ।

उनले एयरलाइन्सबाट जानकारी लिएर हेर्दा ट्राभल एजेन्सीले बढी पैसा लिएको देखिएको बताए । “त्यसभित्रको रहस्य के कसो छ, बुझ्न बाँकी छ । कारबाहीका लागि पनि नेपाल प्रहरीमार्फत प्रक्रिया अगाडि बढाएका छौँ,” उनले भने ।

ट्राभल एजेन्सीलाई प्रदेश सरकारअन्तर्गत रहेको पर्यटन विभागले हेर्छ । “उसैले कारोबार अनुमति दिने भएकाले उसैलाई छानबिनको जिम्मा दिएको भए अझ सहज हुने भए पनि समिति सबै पक्षबाट सदस्य रहेकाले भविष्यमा यस्तो हुन नदिन के गर्नुपर्छ ? अहिले भएका बद्मासीलाई कसरी कानुनी दायरामा ल्याउने ? के–कस्तो कारबाही गर्न सकिन्छ, सिफारिस गर्ने गर्छौँ,” उनले भने ।

सरकारले सीमित देशमा हप्ताको एउटा मात्र अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै केही ट्राभल एजेन्सीले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को शुल्क लिएको गुनासो मन्त्रालयसम्म पुगेपछि छानबिन समिति गठन गरिएको हो ।बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — जेम्स वेब स्पेस टेलिस्कोप (JWST) का नयाँ तथा थप सटीक अवलोकनहरूले ब्रह्माण्ड कति तीव्र गतिमा फैलिरहेको छ भन्ने…

कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी…

हाइटीमा ग्याङ हिंसा फेरि तीव्र बनेको छ। राजधानी पोर्ट–अ–प्रिन्सनजिकैको केन्स्कोफ क्षेत्रमा शक्तिशाली ग्याङ गठबन्धनले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु…

प्रतिकृयाहरू
...