Saturday 27th December 2025

कोरोना विरुद्दको खोप लगाएका आप्रवासीहरुले अगष्ट – १ बाट कुवेत आउन पाउने


हरी कृष्ण न्यौपाने – कुवेतले अनुमोदन गरेको बिभिन्न प्रकारका कोरोना विरुद्दको खोप लगाएका आप्रबासीहरुले अगष्ट-१,२०२१ बाट कुवेत आउन पाउने भएका छन् । कुवेत सरकारको जुन-१७,२०२१ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

कुवेत सरकारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरुलाई सार्वजनिक गर्दै अरब टाइम्स पत्रीकामा लेखिएको छ, “कुवेत प्रवेश गर्ने आप्रवासीहरुले अक्सफोर्ड/एस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन र जॉनसन (Oxford/AstraZeneca, Pfizer, Moderna and Johnson & Johnson) मध्ये कुनै एक प्रकारको खोप लगाएको हुनु पर्ने छ । स्वास्थ्य मापदन्ड पुरा गर्दै माथि उल्लेखित कोरोना विरुद्दको खोप लगाएका आप्रवासीहरुले कुवेत प्रबेश गरेपछी सिधै ७ दिन होम(घरमै)क्वेरन्टाइन बस्न सक्नेछन् । ७ दिनमा कोरोना परिक्षण नेगेटिभ भएमा उनिहरु आफ्नो दैनिकीमा फर्कन सक्ने छन् । त्यसै गरी कुवेतमा कोरोना विरुद्दको खोप लगाएकाहरुले जुनसुकै बेला पनि स्वास्थ्य मापदन्ड पुरा गरी यात्रा गर्न सक्ने छन् ।

कुवेतले आफूले अनुमोदन गरेका कोरोना विरुद्दको खोप नलगाएका व्यक्तिहरुलाई सपिङ मल, रेष्टुरेन्ट, सैलुन र प्रमुख कम्प्लेक्समा प्रवेश गर्न नदिने भएको छ भने सपिङ मलहरु अर्को सूचना नभएसम्म बेलुकी ८ बजे बन्द गरिने छ ।

त्यस्तै कुवेत एयरवेजले यूके(लन्डन)का लागी स्वास्थ्य मापदन्ड पुरा गर्दै जुन १३ तारिकबाट हरेक हप्ताको एक उडन शुरु गरिसकेको छ।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...