Wednesday 14th October 2026

शर्मिला श्रेष्ठका झ्याउरे छन्दमा असारे टुक्काहरू


१)रोपाईं गर्न आमाले मेरी पटुकी कसेकी,
सचेत भइ बेलैमा बीऊ छरेर बसेकी।

२)काँधमा हलो बोकेर बाबा हिडेका खेतमा,
अर्निको डालो भरेर आमा दौडिन् अचेतमा ।

३)रोपेर माना फलाऔं मुरी धानको बिटोले,
हातैमा ठेला उठेनी बरु खन्दैछ ठिटोले ।

४)असारे गीत मिलेर सबै रहर गाउँने,
विदेश बाट फर्केको बेला बाबा सघाउँने ।

५)बर्षिदे वर्षा मनग्गे आज रोपाईं गरौँला,
भरोसा मेरो पाकेसी धान भकारी भरौला ।

६)प्रकृति माता नगर्नु हेला आउँनु बेलैमा,
बयान तिम्रो गर्नेछौं हामी दोहोरी खेलैमा।

७)नपुगे पानी कसरी रोप्नु भन्दैछन् किसान,
खडेरी पर्यो पुगेन पानी खेतमा चिसान ।

८)गरिवी रोक्न गरौं है काम आलसी त्यागेर,
राम्ररी सोच्नु पौरख बिना नपाइ मागेर ।

९)बन्धक राखी जादैंछौं हामी पुरै खेतबारी,
साहुले खान्छ नफर्के देश तम्सुक मुसारी ।

शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...