Saturday 31st July 2021

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या


तितोपाटी- नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको मुख्य भूमिका रहेको रहस्य खुलेको छ । विगत २/३ वर्षदेखि श्रीमान दिपक पाण्डेयको हत्या गर्ने योजना बनाएकी उनकी पत्नी महिमा पाण्डेको मुख्य योजनामै गत जेठ ५ गते कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा नेता पाण्डेको हत्या भएको खुल्न आएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

दिपक पत्नी महिमाले पतिको हत्या गर्नका लागि अर्का मुख्य योजनाकार कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओम प्रकाश यादवलाई प्रयोग गरेकी छिन् । प्रहरीकाअनुसार ओमप्रकाश यादवसँग महिमाको अनैतिक सम्बन्ध थियो ।

सो अनैतिक सम्बन्धबारे दिपक पाण्डेलाई थाहा भए आफूलाई अप्ठ्यारो हुने थाहा पाएपछि दिपकको हत्या गर्ने योजनामा पत्नी महिमा र ओम प्रकाश अघि बढेको प्रहरीले जनाएको छ ।

पत्नी महिमा र ओम प्रकाश दुवैजना मिलेर दिपकको हत्या गर्नका लागि कपिलवस्तु नगरपालिका २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अलीपखियालाई प्रयोग गरी उनीहरुबाट हत्या गराउन लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

दिपकको हत्या गर्ने व्यक्तिलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार दिपकको हत्या गर्नका लागि रकम लिने, बरामद हतियार खरिद बिक्री, ओसारपोसार गर्ने, सहयोग गर्ने र अभियुक्तलाई संरक्षण गरेको आरोपमा प्रहरीले कपिलवस्नु नगरपालिका १ कैलाश टोलका ३५ वर्षीय पूर्ण विर पाल्पाली, कपिलवस्तु नगरपालिका २ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, यशोधरा गाउँपालिका ४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवसतु नगरपालिका ५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीरामकुर्मी, कपिलवस्तु नगरपालिका १ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका २ बरगदवा बस्ने प्रवीण गुप्ता रहेको प्रहरीले जनाएको छ ।

नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली खटिएको थियो । सो टोलीले घटनाको १ महिना नवित्दै घटनाका मुख्य योजनाकार सहित अन्य संलग्न ११ जना सबैलाई पक्राउ गरी मुद्धा प्रक्रिया अघि बढाएको छ । साभार अन्नपूर्णपोस्टबाट


Loading...
सम्बन्धित शीर्षकहरु

तीतोपाटी डटकम-विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ…

तीतोपाटी डटकम-पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर…

साउने शीत ( १ पुष्प = १२ शीत) वर्ष दिन चाड हर्ष । १। कर्क राशी हामी साक्षी ।२। चौथो…

प्रतिकृयाहरू