Wednesday 2nd September 2026

कुवेतमा धुलो सहितको हावाहुरी बुधवार सम्म जारी रहने,सबैलाई सतर्क रहन आग्रह


तितोपाटी- कुवेतमा गत बिहिवार देखी निरन्तर भीषण हावा धुलो सहित मौसम भारी मात्रमा खराब देखीएको छ।

कुवेत मौसम बिभाग मुहम्मद करमका अनुसार आगामी बुधवारसम्म मौसम खराब रहने बताएका छन।

पछिल्ला दुई दिनमा प्रति घण्टा ७० किलोमिटर भन्दा बढीको गतिशील उत्तरपश्चिमी हावाले हजारौं टन बालुवालाई राजमार्गमा पूर्याएको छ। साथै धूलोले कुवेतको आकाशलाई पूर्ण रूपमा ढाकेको देखीन्छ।

कुवेतको धुलो मौसममा अस्थिरता बुधवार सम्म जारी रहने मौसमविद मुहम्मद करमले बताएका छन। त्यस्तै आन्तरिक मन्त्रालयले कुवेतमा कार्यरत आप्रवासी सबैलाई बाहिर जाँदा उचित सावधानी अपनाउन र कुनै पनि सहयोगको आवश्यक्तामा आपतकालीन नम्बरमा फोन गर्न सुझाव दिएको छ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...